के तपाईंलाई टन्सील भएको छ ?


प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

– डा. ललित कुमार मिश्र

श्रावण ३२, २०७४- आधुनिक जीवनमा टन्सीलाईटीस अर्थात घाँटीको समस्याले प्राय: जसो घरका एक सदस्य खासगरी केटा-केटिहरुलाई बेलाबखतमा दुख: दिइरहेको हुन्छ ।

टन्सील शरीरको रोग प्रतिरोधात्मक प्रणालीको एक महत्वपूर्ण हिस्सा हो । जसले नाक र मुखबाट पसेका किटाणुहरुलाई नष्टगर्ने काम गर्दछ अर्थात यसले द्वारपालको काम गर्दछ भन्दा अतियुक्ती न होला ।

कहाँ हुन्छ टन्सीलाइटिस-
मुख ‘आँ’ गर्दा जिब्रोको फेदमा उपजिह्वा (किल्किले) को दुवै भागमा रहेको गाँठो रातो र सुन्निएको छ भने सम्झनुपर्छ व्याक्तिलाई टन्सीलाइटिस भएको छ । यदि दुवै भागको गाँठो सुन्निनु, दुख्नु र रातो भई पाक्नु र पिप जमेको अवस्थालाई अंग्रेजीमा टन्सीलाइटिस भनिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कारण- 
टन्सील हुने कारणहरुमा सामान्यतया, बिटा-हेमोलाइटिक-स्ट्रेपटोकोक्कस, स्टेफिलो कोक्कस आउरस, नामक बेक्टेरियाले गर्दा हुने गर्दछ भने अन्य पूर्ववर्ती कारक तत्वहरुमा मुखको दन्त स्वच्छतामा कमि हुनु, पोषणयुक्त भोजनको अभाव, धेरै भिडभाड भएको बस्ति वा ठाँउमा बस्नु, स्वच्छ हवाको आवागमन हुने (भेन्टिलेसन) भएको कोठा नहुनु आदी ।

टन्सीलाइटिसको प्रकार- 
टन्सीलाइटिस दुई प्रकारको हुन्छ ।
(१) एक्युट टन्सीलाईटीस-  यसमा एकातर्फको टन्सील्स सुन्निएर आउँछ, पछि अर्को भागको टन्सील पनि सुन्निन्छ । यसको आकार सुपारीको दाना जत्रो हुनसक्छ । किल्किले पनि सुनिएर रातो हुन्छ । खाने नली पनि सुन्निएर अवरुद्ध हुनसक्छ, जसले गर्दा खाने–पिउने बेलामा पीडा हुन्छ । बोल्न गाह्रो हुन्छ । टन्सीलको दर्द कानसम्म फैलिन सक्छ र १०३–१०४ डिग्री सेल्सियससम्म ज्वरो पनि आउन सक्छ । पहिलो अवस्थामा यदि उपचारले रोगमा कमि आएन भने बिस्तारै टन्सील पाक्छ र फुट्न पनि सक्छ ।

(२)  क्रोनिक टन्सीलाइटिस-  जुन व्याक्तिलाई बारम्बार टन्सीलको समस्या भईरहन्छ भने पछि यही क्रोनिक (जिर्णरोग) को रुपमा परिणित हुन्छ । क्रोनिक अवस्थाको टन्सीलाईटिसमा श्वास लिन र छोड्नमा पनि कठिनाइ हुन्छ, मुखबाट साँस लिनुपर्ने हुन्छ र साथै व्याक्तिमा  घुर्ने समस्या पनि शुरु हुनसक्छ । घाँटी खस-खस गरि खोकिलाग्नु,  घाँटी को लिम्फग्ल्याण्ड सुन्निनु, टन्सीलको आकार सधैंको लागि सामान्यभन्दा ठुलो देखिन्छ ।

लक्षण- टन्सील सुन्निनु, खाना–पानी निल्न गाह्रो हुनु, भोक नलाग्नु, खाने कुराको स्वाद नहुनु, श्वास फेर्न अफ्ठ्यारो हुनु । स्वास गन्हाउनु, टाउको दुख्नु, कान दुख्नु, स्वरमा परिवर्तन आउनु वा स्वर भासिनु, ज्वरो आउनु र शरीर दुख्नु आदी ।

जटिलता-
टन्सील पाक्नु, रिमयुटिक फिबर हुनु, किड्नी सुन्निनु आदि जस्ता कमप्लिकेशनहरु आउन सक्छ ।

उपचार-
एलोप्याथिमा एन्टिबायोटिक दिईन्छ यसबाट भएन भने अपरेशन गर्ने सल्लाह सम्बन्धित चिकित्सकबाट दिइन्छ । होमियोप्याथिक औषधिको प्रयोगले टन्सीलाइटिस जरैबाट पूर्णरुपले निर्मुल हुनसक्छ । सर्जरीको आवश्यकता पर्दैन । अत: त्यस्ता रोगी जो अपरेशन नगराई औषधिबाट नै ठिक हुन चाहन्छन् वा सानै उमेरका बाल-बालिकाहरु, मधुमेहका रोगी अथवा हृदयरोगबाट पीडित रोगी जसलाई टन्सीलको समस्या छ भने एकपटक होमियोप्याथिक उपचार गराएर हेर्न सक्नुहुन्छ ।

सल्लाह- टन्सीलको शुरुवातमा एकगिलास पानीमा एक चुटकी नुन हालेर गार्गिल गर्दा गलाको सुजनमा धरै लाभदायक हुन्छ ।

टन्सीलाईटिसमा ठोस खानेकुरा निल्न कष्ट हुन्छ त्यसर्थ पातलो झोलिय पदार्थ जस्तै– दुध, फलफुलको रस, बार्ली, साबुदाना, दलिया, शाकाहारी या मान्साहारी सुप खानु पर्छ । खानामा नुन नहालेको उमालेको सब्जीहरु खानाले टन्सील  चाँडै आराम हुनमा सहयोग पुर्याुउँछ ।

डिहाईड्रेशन हुन नदिनको लागी प्रसस्तमात्रामा मन तातो पानी खाने । घामलाग्ने तथा शुद्ध हवा आउने कोठामा बस्नु पर्छ । ज्वरो को अवस्थामा आराम गर्ने । धुमपान न गर्ने । पिरो, अमिलो, गुलियो, बढि तेल र मसाला हालेको सब्जी , अमिलो, चिसो, दहि, महि को सेबन गर्नु हुदैन । गरम पर्दाथको सेवन गरेपछि लगते चिसो पेयपदार्थको सेवन कदापि गर्नु हुदैन ।

होमियोप्याथिक औषधि-
टन्सीलाइटिसको उपचारमा रोगीको शारीरिक एवं मानसिक अवस्था तथा पारिवारिक ईतिहाससमेतलाई मध्ये नजर राखेर लक्षणको आधारमा प्रयोग हुने केही होमियोप्याथिक औषधिहरु निम्न लिखित छन् । बेलाडोना, एपिस मेल, केलि म्युर, मर्कबिन आयोड, फाईटोलेक्का, फेरम फाँस, केलिम्युर, नेट्रम म्युर, मर्कसल,  लाईको पोडियम, ईग्नेशिया, कालिबाइ क्रोम, लेकेसिस,  हिपर सल्फर, टियुबर कुलिनम, वेसिलिनम आदि ।

जसको प्रयोग फोलिक्युलर टन्सीलाइटिस लाभदायक मानिन्छ । यसैगरी हाईपर ट्रोफाईड टन्सीलाईटिसको लागि भने– बेराईटा कार्ब, बेराईटा-आयोड, बेराईटा म्युर, आयोडिन, फाइटो लेक्का, कल्केरिया कार्ब, कोलचिकम ईत्यादि । ऊपरोक्त ऊल्लेख गरीएका औषधिहरु आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकसंग सल्लाह लिई प्रयोग गरेमा उचित हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com