भोलि खोलिने मेगा मिलियन्स ४२७ मिलियन डलर, पर्सी खोलिने पावरबल ५९० मिलियन डलर


प्रकाशित मिति : असार २१, २०८० बिहीबार

शनिबार खोलिने पावरबल ज्याकपट अब ५९० मिलियन डलर पुगेको छ । यस वर्ष मात्र दोस्रो पटक पावरबल ज्याकपटले आधा बिलियन डलर नाघेको हो । कुनै पनि टिकटसँग बुधबाररातिका छवटा विजयी नम्बरहरूसँग मेल नखाएपछि शनिबार रातीको लागि तय गरिएको पावरबल ५९० मिलियन पुगेको हो ।

यो सन् २०२३ को दोस्रो ठूलो पावरबल ज्याकपट हो। वाशिंगटनकी एक महिलाले फेब्रुअरीमा ७५४ मिलियनको ज्याकपट जितेकी थिइन् । जसको नगद रकम लगभग ४०७ मिलियन थियो । यो इतिहासमा पाँचौं ठूलो पावरबल ज्याकपट थियो भने नोभेम्बर २०२२ देखि बढ्दै गएको थियो ।

हालको ५९० मिलियनको ज्याकपट अप्रिलको मध्यदेखि बढ्दै गएको हो । ओहायोमा बेचेको टिकटले २५२ मिलियनको ज्याकपट जितेदेखि कसैले पनि सबै छवटा नम्बर मिलाएका छैनन् । शनिबार खोलिने ज्याकपट सबैभन्दा ठूलो पावरबल पुरस्कारहरूको टपटेनको सुचीको नजिक छ । १० औं ठूलो पावरबल सन् २०१३ को मे १८ मा खोलिएको ५९० दशमलव ५ मिलियनको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । पावरबल लोटरी सोमबार, बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ ।

यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।

त्यस्तै शुक्रबार खोलिने मेगा मिलियन्स पनि ४२७ मिलियन डलर पुगेको छ । मंगलबार रातिका सबै ६ नम्बरहरू कसैले पनि मिलाउन नसकेपछि अब यो ज्याकपट शुक्रबार खोलिने भएको हो । मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com