तीज नमनाएर न्युयोर्क निवासी पराजुलीबाट बाढीपीडितलाई १ लाख


प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार

नेपालमा बाढीपहिरोले विनास निम्त्याइरहेका वेला गैरआवासीय नेपालीहरूको संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) ले स्थापना गरेको आपतकालीन राहत कोषमा न्युयोर्क निवासी राजुदेवी पराजुलीले एकलाख रुपैया सहयोग गर्नुभएको छ ।

हरेक बर्षजस्तै आगामी शनिबार मनाउन लागिएको तीजको कार्यक्रम स्थगित गरेर उहाँले सो रकम बाढीपीडितलाई सहयोग गर्ने निर्णय गर्नुभएको हो । आफ्नै निवासमा तीज कार्यक्रम गर्ने योजना रहेपनि नेपालीहरु प्राकृतिक बिपत्तिमा फसेको बेला नाचगान गर्नु उपयुक्त नलागेकाले सो रकम राहत कोषमा दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो नाचगान त सधै गरिएकै छ । पछि पनि गरौंला । तर नेपालबाट आएका खबरले निकै मन कुडियो । त्यसैले सानो भएपनि सहयोग गरौं भन्ने लागेर यो निर्णय गरेका हौं ।

राजुदेवी पराजुली एनआरएन नेता तथा न्युयोर्कका चर्चित सामाजिक व्यक्तित्व श्री पराजुलीकी धर्मपत्नी हुनुहुन्छ । उहाँले विदेशमा रहेका अरु नेपालीहरुलाई पनि बाढीपीडितलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

एनआरएन राहत कोषमा अहिले झण्डै १ करोड भन्दा धेरै संकलन भइसकेको जनाइएको छ । आवश्यक राहत सामाग्री खरिद गरी तत्कालै वितरणमा खटिने एनआरएनएले जनाएको छ ।

राजुदेवी पराजुली श्रीमान् श्री पराजुलीका साथमा ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com