विश्व हाँसो दिवस : दर्शकको रोजाइमा हास्य विधा


प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार

आज २५औँ विश्व हाँसो दिवस । सन् १९९८ मा भारतका एक वरिष्ठ चिकित्सकको पहलमा मनाइन थालिएको यो दिवसलाई त्यसयता विविध कार्यक्रम गरेर मनाइने गरिन्छ । नेपालमा पनि हास्य विधाका टेलिचलचित्र, प्रहसन र चलचित्र दर्शकको रोजाइमा पर्ने गरेका छन् । गत वर्ष प्रदर्शन भएका सफल हुनेमा अधिकांश हास्यव्यङ्ग्यलाई प्राथमिकता दिइएका चलचित्रका छन् ।

गत वर्ष सर्वाधिक कमाई गर्ने तीन चलचित्र ‘कबड्डी ४ स् द फाइनल म्याच’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन् । यीबाहेक ‘दुई नम्बरी’, ‘के घर के डेरा’ र ‘झिङ्गेदाउ’ पनि हास्य विधामै रहेको चलचित्र हो । ती चलचित्रले घरेलु बजारबाट नै मुनाफा कमाएका छन् ।

नेपाली चलचित्रमा अहिले हास्यविधालाई दर्शकले रुचाएको भन्न सकिने उदाहरण हो । निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन् । ‘कबड्डी ४ ः द फाइनल म्याच’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनाएको छ । गत वर्षको फागुन १९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ४’ ले ५१ दिन मनायो । यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन् ।

कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हास्य कलाकारले अहिले मुख्य भूमिका पाएका छन् । ‘तीतो–सत्य’ टेलिचलचित्रकी कलाकार दीपाश्री निरौलाले निर्देशन गर्नुभएको ‘छक्का पञ्जा’को तीनै ‘सिरिज’ले राम्रो व्यापार गरिसकेको छ । यसले नेपाली चलचित्रको सफलतामा हास्यव्यङ्ग्यको भूमिका प्रमुख रहेको प्रस्टिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“बक्सअफिसलाई हेर्दासमेत हास्यव्यङ्ग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चस्व देखिन्छ, बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ । सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुनसक्छ”, निर्देशक प्रदीप भट्टराईले भन्नुभयो । उहाँले निर्देशन गर्नुभएको चलचित्र ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’ ले पनि राम्रो व्यापार गरेका छन् । हास्यशैलीलाई कलात्मकरूपमा प्रस्तुत गर्ने भएकाले उहाँसँग चलचित्र निर्माणमा सहकार्य गर्ने चाहना धेरैको छ । उहाँले यो सफलतालाई परिवर्तनको रूपमा हेर्नुहुन्छ ।

“चलचित्रभित्र पहिला हास्यव्यङ्ग्य एउटा पाटोमात्र हुन्थ्यो । हास्यकलाकारको काम नै हँसाउने हुन्थ्यो । तर अहिले हास्य कलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ”, निर्देशक भट्टराईले भन्नुभयो, “यद्यपि हामी सचेत हुनुपर्छ । दर्शकले गरिरहनुभएको विश्वासलाई कम हुन दिनु हुँदैन । जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व त्यति नै बढ्छ ।”

हास्य टेलिचलचित्र दर्शकको रोजाइमा परिरहँदा अभिनेता दीपकराज गिरीले त्यो समूहलाई ठूलो पर्दामा ल्याउनुभयो । त्यो प्रयास ‘छ एकान छ’ मा सफल भयो । त्यसपछि त्यो समूहले निर्माण गरेको सम्पूर्ण चलचित्र ५१ दिनको यात्रा तय गर्न सफल भएका छन् । “हामीले व्यापारभन्दा पनि दर्शकको मायालाई केन्द्रमा राखेर चलचित्र निर्माण ग¥यौँ । त्यही कारण हुनसक्छ हामी सफल भइरहेका छौँ”, अभिनेता गिरीले भन्नुभयो ।

टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायत कलाकार अहिले चलचित्रमा सफल हुनुहुन्छ । उहाँहरूले काम गरेका चलचित्रले मुनाफा दिनाका साथै व्यापारमा रेकर्डसमेत बनाउन सफल भएका छन् ।

अभिनेता किरण केसीले दर्शकको रोजाइमा हास्य विधा सदैव रहिरहेको बताउनुभयो । “नेपालमा हास्य कार्यक्रमहरू धेरै नै हुन्छन् । हास्य विधामा काम गर्ने कलाकार अहिले सम्पन्न भएका छन् । देशदेखि विदेशसम्म पुगेर आफ्नो प्रस्तुति दिएका छन् । यो सबै दर्शकको रोजाइका कारण सम्भव भएको हो”, हास्य कलाकार केसीले भन्नुभयो, “हाम्रो कामले एकै छिन भए पनि मुहार उज्यालो बनाउने काम गर्छ । त्यसैले हाम्रो कामलाई शृङ्खलामा होस् या चलचित्रमा दर्शकले रुचाएका छन् ।”

निर्देशक भट्टराईले हास्यव्यङ्ग्यका विधामा चलचित्र बनाइरहनुभएकाहरू अझै मेहनती हुनुपर्ने बताउनुभयो । “हामी हौसिएका छौँ, चलचित्र उद्योग नै हौसिएको छ । यसले चुनौती थपेको छ”, उहाँले भन्नुभयो, “टेलिचलचित्र अहिले निकै कम छन् । कुनै समय हरेक दिन हास्यविधामा निर्मित टेलिचलचित्र प्रसारण भएका थिए । जसलाई हेर्न दर्शक घरमा फुर्सद निकालेर बस्ने गरेका थिए । अहिले सानो पर्दामा आएको अवस्था ठूलो पर्दामा आउन दिनुहुँदैन ।” उहाँले विषयवस्तु चयन, प्रस्तुतीकरण, कलाकारको छनोटलगायत विषयमा विशेष ध्यान दिइरहेको बताउनुभयो ।

यद्यपि कुनै समय दर्शकलाई एक छिन हँसाउन चुट्किला र हास्य कलाकारलाई प्रयोग गर्ने निर्माता अहिले प्रमुख भूमिकामा सहकार्य गर्न तयार छन् । अभिनेता गिरीसँग चलचित्र निर्माणमा सहकार्य गर्न चाहनेको सङ्ख्या लामो छ । यो सफलतालाई कायम राख्दै अगाडि बढ्नु नै अहिले हास्य विधामा काम गरिरहेका कलाकारहरूको चुनौती हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com