पोर्चुगलमा आप्रवासन आवेदन दिएकाको प्रकृया तीब्र पार्दै सेफ, मार्च ३१ भित्र ३ लाखलाई सुचित गर्ने तयारी


प्रकाशित मिति : फाल्गुन ६, २०७९ शनिबार

पोर्चुगल सरकारले आप्रवासीको आवेदन प्रकृयामा रहेको ब्याकलग हटाएर नियमित अवस्थामा ल्याउन अभियान थालेको छ। जसको लागी अस्थायी केन्द्रहरू सिर्जना गरेर भएपनि आप्रवासीहरुको प्रकृया अगाडि बढाइने भएको छ ।

अब पोर्चुगल अध्यागमन र सीमा सेवा सेफको अप्वाइन्टमेन्टका लागि धेरै महिना वा वर्षदेखि पर्खिरहेका आप्रवासीहरूलाई राहत मिल्ने भएको छ । सेफको अप्वाइन्टमेन्ट पर्खिरहेका २०२१ र २०२२ मा दर्ता आप्रवासीहरुलाई मार्च ३१ सम्म सुचित गर्नेगरी तयारी गरिएको छ ।

सेफले हजारौं आप्रवासीहरूको विचाराधिन आवेदनहरु प्रकृयामा लैजान र पोर्चुगिज एजेन्सी फर माइग्रेसन एण्ड एसाइलमलाई सफा फाइल हस्तान्तरण गर्न चाहेको छ । जसले आप्रवासीहरूलाई पोर्चुगलमा बस्नको लागि अधिकारहरू प्रदान गर्दछ ।

यस अर्थमा, सरकारले अस्थायी केन्द्रहरू सिर्जना गर्न र धेरै महिना वा वर्षौंदेखि पर्खिरहेका आप्रवासीहरूलाई अध्यागमन र सीमा सेवा सेफको अप्वाइन्टमेन्टमा बोलाउन चाहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल अध्यागमन र सीमा सेवा सेफमा २ लाख ९० हजार पेन्डिङ आप्रवासी आवेदन छन् । तर आधाभन्दा धेरैको औचित्य सकिएको जनाइएको छ। किनभने आधा मानिसहरूले पहिले नै पोर्चुगल छोडिसकेका छन्।

पोर्चुगल सेफ कर्मचारी संघका अध्यक्ष आर्टुर जॉर्ज गिराओले धेरै पेन्डिङ आप्रवासी आबेदन हुनुमा मूख्य समस्या कर्मचारीको कमी भएको बताएका छन् ।

हाल पोर्चुगलमा बस्नको लागि लगभग प्रतिदिन नौ सय अनुरोध अर्थात् महिना लगभग सत्ताइस हजार अनुरोधहरू प्राप्त हुन्छन् । पेन्डिङ आवेदनलाई ४ महिनाभित्रमा सम्बोधन गर्नेगरी सेफले तयारी गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com