११ औं आमरण अनसनमा डा. केसी


प्रकाशित मिति : ९ श्रावण २०७४, सोमबार

 त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबार ११ औं आमरण अनसन सुरु गरेका छन् । अस्पतालमा पत्रकार सम्मेलन गरेर डा. केसीले अपराहृन ४ बजेबाट आमरण अनसन सुरु गरेको घोषणा गरेका हुन् ।

डा. केसीले आफ्नो अनसनका क्रममा शिक्षण अस्पतालको उपचार सेवा र क्याम्पसको पढाई नरोक्ने बताए ।

उनले केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरुले दिएको सुझावलाई समेटेर ‘एकीकृत चिकित्सा शिक्षा ऐन’ बनाउन माग गरेका छन् । साथै त्रिविले खोसको अधिकार आईओएमलाई नै फिर्ता गर्न, क्याम्पस प्रमुख र सहायक डिन नियुक्त गर्न र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई काबारही गर्नु पर्ने उनको माग छ ।

डा. केसीले शिक्षण अस्पतालको गुणस्तर खस्किएको र उपचार पनि महंगो भएको भएको बताए । निजी अस्पताल जस्तै महंगो भएको भन्दै उनले इमर्जेन्सीमा एउटै बेडमा ३ जनासम्म विरामी राख्नु पर्ने बाध्यता रहेको सुनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com