५ बर्षदेखि अमेरिकामा विमान मर्मत गर्दै आएका सन्दिपका नेपालमा दुर्घटना कम गर्न ५ सुझाव


प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार

५ बर्षदेखि अमेरिकामा विमान मर्मत र निरीक्षण गर्दै आएका सन्दिप सापकोटाले नेपालमा विमान दुर्घटना कम गर्न ५ सुझाव दिएका छन् । एयरफ्रेम एण्ड पावरप्लान्ट टेक्निसियन र रिक्वायर्ड इन्सपेक्सन आइटम नीरिक्षकका रुपमा काम गर्दै आएका अमेरिकाको न्युजर्सी निवासी सापकोटाले अमेरिकामा चर्चित एयरलाइन्सहरुका सयौंपटक विमान नीरिक्षण गरिसकेका छन् । उनले मर्मत र नीरिक्षण गरेका कैयन विमानहरु अमेरिकामा उडान योग्य र सकृय छन् ।

सापकोटाले नेपालमा हाल चलेका चलाईएका सबै विमानहरु २ महिनाको लागि पूर्णरुपमा रोकेर सुरुबाटै नीरिक्षण लगायत सबैकुराको थालनी गर्न सुझाव दिएका छन् । उनले सबै विमानको ५ बर्षको मर्मतको इतिहास निकाल्न सुझाव दिएका छन् ।

पोखरामा दुर्घटना भएको यति एयरलायन्सको क्षतिग्रस्त जहाजका भागहरू । तस्बिर: राधिका कंडेल/रासस

विशेषज्ञहरु बोलाएर नै ती विमानहरुको पूर्णरुपमा र गहिरोरुपमा नीरिक्षण र परीक्षण गर्न समेत उनले सुझाव दिएका छन् । कन्फिगरेसन विचलन सूची सीडीएल, न्यूनतम उपकरण सूची एमईएल, अत्यावश्यकबाहेकका उपकरण र सामानहरू एनईफ सहित एयरफ्रेम र पावरप्लान्टको भारी जाँच गर्न उनले सुझाव दिएका हुन् ।

प्रत्येक विमान कम्पनीका मर्मतसम्भार प्रतिनिधिको उच्च योग्य टिम बोलाएर विमानको नोज टु टेल जाँच गर्न समेत उनले सुझाव दिएका छन् । प्रत्येक चालक दलका सदस्यको पुन मूल्याङ्कन सिमुलेटर प्रशिक्षण र मानसिक र शारीरिक चेक जाच समेत आवश्यक भएको उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सामान्य काममात्र गर्नसक्ने नेपालमा विमान दुर्घटना कम हुनसक्ने उनको विश्वास छ । आफूले अमेरिकामा ५ बर्ष यसक्षेत्रमा काम गरेको अनुभवका आधारमा यी सुझावहरु दिएको उनले बताएका छन् । दुर्घटनामा परेको विमानको अबिलम्ब नियमित मर्मत र नीरिक्षण सहित सबै मर्मतको इतिहास सार्वजनिक गर्नुपर्ने उनको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com