अमेरिकाका जायन हार्भी : दुवै हात प्रत्यारोपण गरिएका पहिलो बालक


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

-बीबीसी

विश्वमै पहिलोपल्ट दुवै हातको सफल प्रत्यारोपण गरिएका अमेरिकी बालकले अहिले मज्जाले बेसबलको ब्याट चलाउन थालेको उनका डाक्टरहरुले बताएका छन्। अमेरिकाका १० वर्षीय जायन हार्भीले हातहरु प्रत्यारोपण गराएको दुई वर्ष भइसक्यो। उनका डाक्टरहरु भन्छन्, – ‘उनीहरु चकित छन् र जायनमा देखिएको गज्जबको प्रगतिले उनीहरुलाई गौरवान्वित तुल्याएको छ।’ जायनले अहिले लेख्न सक्छन्, आफ्नै हातले खाना खान सक्छन् र ब्याट पनि मज्जाले समाउन सक्छन्।

उनले पाएका हातहरु दाताको भए पनि त्यसलाई उनका मस्तिष्कले आफ्नै भनेर स्वीकारिसकेको स्वास्थ्य परीक्षणबाट देखिएको छ। उनको उपचारमा संलग्न फिलाडेल्फिया बाल अस्पतालकी एकजना डाक्टर सान्ड्रा एमारालले जायनले राम्रो प्रगति गरिरहेको बताइन्। “हात र मस्तिष्कको राम्रो समन्वयमा उनले मज्जाले ब्याट चलाउन सक्छन् र स्पष्ट ढंगले आफ्नो नाम लेख्न सक्छन्।” डाक्टर एमारालले भनिन्, “जायनमा स्पर्शको अनुभूति गर्ने विषयमा सुधार भइरहेको छ। यो आश्चर्यलाग्दो छ। अहिले उनले आफ्नी आमाको गाला छाम्न सक्छन् र महसुस गर्न सक्छन्।”

डाक्टर एमारालले जायनको मस्तिष्कले उनका नयाँ हातहरुलाई स्वीकार्न थालेको प्रमाण देखिएको बताइन्।
जायनको उपचारमा संलग्न डाक्टरहरुको टोलीले द ल्यान्सेट चाइल्ड एण्ड एडोलसेन्ट हेल्थ जर्नलमा उनीबारेको उपलब्धि लेखेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जन्मिंदा जायनका दुईवटै हात थिए तर उनी दुई वर्षको हुँदा डाक्टरहरुले उनका हात काट्नुपर्यो। त्यतिखेर जायनमा ज्यानै लिनसक्ने संक्रमण देखिएको थियो। संक्रमणका कारण नष्ट हुन लागेकाले डाक्टरहरुले नाडीसम्म उनका दुवै हात र घुँडामुनि दुवै खुट्टा काटिदिए। उनका मृगौलाहरु पनि काम नगर्ने अवस्थामा पाइए। दुई वर्षदेखिको डायलासिसपछि चार वर्षको उमेरमा उनकी आमाले दिएको मृगौला उनमा प्रत्यारोपण गरियो। यो कुरा बाल्टिमोरमा यी बालकले नयाँ हात पाउनु चार वर्षअघिको हो।

सन् २०१५ मा जायनको हातको शल्यक्रिया गर्नु ठूलो कुरा थियो। हुन त दुईवटै हातको प्रत्यारोपण गर्ने कुरा त्यो पहिलो पटक थिएन। यसअघि सन् १९९८ मा त्यस्तो गरिए पनि सबैभन्दा कम उमेरमा गराउने उनी पहिलो थिए। उनका डाक्टरहरु भन्छन्, जायनको सकारात्मक व्यक्तित्व र दृढ इच्छाशक्तिका कारण उनले यस्तो सफलता पाएका हुन्। अंग प्रत्यारोपण गराउने बिरामीहरुले प्रत्यारोपण गरिएका अंगलाई स्वीकार्य बनाउने औषधि जीवनभर खानुपर्छ जसको प्रतिअसर हुन्छ। त्यसको अर्थ प्रत्यारोणको फाइदा प्रतिअसरभन्दा बढी हुनुपर्दछ।

१८ महिने सघन उपचारपछि जायनले मृगौलासम्बन्धी औषधि लिइरहेका थिए। र, डाक्टरहरुको टोली हात प्रत्यारोपणले उनलाई फाइदा पुर्याउनेमा ढुक्क थियो। त्यसपछि सुहाउँदो आकारको अंग दान गर्न सक्ने अनि छाला र रगत समूह मिल्ने दाताको कुरा बाँकी रह्यो। तीन महिनापछि दाता फेला परे। १० जना सर्जनसहित ४० जना डाक्टरको एउटा समूहले रातिदेखि शुरु गरी भोलिपल्ट मिर्मिरेसम्म लागिपरेर जायनका हात प्रत्यारोपण गरे।

सबैभन्दा ठूलो चुनौती हातहरु जीवित राख्नका निम्ति साना-साना रक्तका नशाहरुलाई जोड्नु नै थियो। हात प्रत्यारोपणसम्बन्धी कार्यक्रमका सहायक निर्देशक डाक्टर बेन्जामिन चाङ सम्झिन्छन्, “हामीले यो कुरा सुनिश्चित गर्न चाहेका थियौँ कि प्रत्यारोपण सफल हुनेछ र त्यसले जिन्दगीभर काम गर्नेछ।” प्रत्यारोपण भएको दुई वर्ष भयो। हालसम्म त्यसले राम्रोसँग काम गरिरहेको छ। प्रत्यारोपण गरिएको पहिलो वर्षका केही समय जायनका नयाँ हातहरुलाई उनको शरीरले स्वीकार नगरिरहेको डाक्टरहरुलाई लाग्यो।

सौभाग्यवश उपचारमा गरिएको परिवर्तनले काम गर्यो। जायन तंग्रिदै जाँदा देखिएको एउटा उल्लेखनीय पक्ष के रह्यो भने दुईदेखि आठ वर्षको उमेरमा, जुन मानिसको एकदमै महत्त्वपूर्ण शारीरिक विकासको अवधि हो, त्यो अवधिमा उनको मस्तिष्कले हातसँग कुनै सम्पर्क राख्न पाएको थिएन। तर प्रत्यारोपण भइसकेपछि पनि उनको मस्तिष्कले नयाँ हातसँग त्यस्तो सम्पर्क पुनर्स्थापित गर्न सक्यो। गत वर्ष जायनबारे कुरा गर्दै प्रमुख सर्जन डाक्टर स्कट लेभिनले भनेका थिए, “उनको मस्तिष्कले उनका हातहरुसँग सञ्चार गरिरहेको छ। उनको मस्तिष्कले हातलाई चल्न भन्दा हातहरु चलिरहेका छन्। र, यो आफैंमा एउटा निकै महत्वपूर्ण प्रगति हो।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com