अमेरिकामा नेपाली दुतावासको मनी अर्डर र क्यासिएर चेक चोरी भएपनि सेवाग्राहीका कागजात सुरक्षित


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

मनी अर्डर र क्यासिएर चेक चोरी भएपनि सेवाग्राहीका सेवाग्राहीहरुका संवेदनशील व्यक्तिगत सूचनाहरु सुरक्षित रहेको अमेरिकाको वासिंटन डिसीमा रहेको नेपाली दुतावासले जनाएको छ । दूतावासले भनेको छ – ‘सेवाग्राहीका आवेदन लगायतका कागजातहरु दूतावासमा सुरक्षित रहेकाले ती आवेदन र कागजातहरुमा रहेका संवेदनशील व्यक्तिगत सुचनाहरु चुहिने वा दुरुपयोग नहुने कुरा सम्बन्धित सबै सेवाग्राहीलाई जानकारी गराइन्छ ।’

गत बिहिबार टेक्सासबाट अमेरिकामा रहेको नेपाली दूतावासको झण्डै दुई लाख डलरको मनी अर्डर र क्यासिएर चेक चोरी भएको थियो । ती मनी अर्डर र क्यासिएर चेकहरु डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अष्टिन र ह्युस्टनमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएका थिए ।

यसैबीच नेप्लिज एसोसियसन अफ ह्युस्टनका कार्यवाहक अध्यक्ष द्रोण गौतमले स्थानीय संस्थाहरुका तर्फबाट जारी वक्तव्यमा पनि पुराना पासपोर्ट लगायतका कागजातहरु सुरक्षित रहेको जनाइएको छ । यस घटनालाई लिएर घरदैलोमा आएर सेवा दिन दूतावासका कर्मचारीहरुलाई लाञ्छना नलगाउन उहाँले अनुरोध गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दूतावासका कर्मचारीहरु २२ डिसेम्बर बिहिबार ह्युस्टनबाट वासिंटन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको गाडी स्थानीय समय अनुशार अपरान्ह १२ बजेर ३ मिनेटमा तोडफोड भइ लुटिएको दुतावासले जनाएको छ । तत्काल प्रहरीलाई खबर गरिएको र कुटनीतिक सुरक्षा विभाग ह्युस्टन लगायतका निकायहरुमा उजुरी गरिएको दूतावासको भनाई छ ।

यसबाट सेवाग्राहीहरुमा समय र श्रोतसाधनका हिसाबले पर्न गएको असुविधाप्रति दूतावासले क्षमा मागेको छ । दूतावासले भनेको छ – ‘ दूतावासले सेवाग्राहीका नजिक गई सेवा प्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजश्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकाबासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरुले यथाशक्य सहयोग गर्नुहुनेछ ।’

यस सन्दर्भमा कन्सुलर शिविर शिविरहरुबाट सेवा प्राप्त गर्ने सबै सेवाग्राहीले सेवा प्राप्त गर्दा पेश गरेको मनी अर्डर वा क्यासियर चेक रद्द गर्न सम्भव भएमा मनी अर्डर वा क्यासियर चेक बनाएको ठाउमा गएर तत्काल रद्द गर्न दूतावासले अनुरोध गरेको छ । रद्द गरेपछि दूतावासको नाममा नयाँ मनी अर्डर र क्यासियर चेक बनाएर आवेदकको नाम, ठेगाना , आवेदन गरेको सेवा र सेवा लिएको सहर खुल्नेगरी दूतावासमा पठाउन अनुरोध गरिएको छ ।

यदि पेश भएको मनी अर्डर वा क्यासियर चेक रद्द गर्न सम्भव नभएमा आफुले पेश गरेको मनी अर्डर वा क्यासियर चेक सम्बन्धी विवरण दुतावासको इमेल ठेगानामा पठाउन अनुरोध गरिएको छ । यसरी पठाउँदा मनी अर्डर वा क्यासियर चेक किन्ने व्यक्तिको नाम, किनेको स्टोर वा स्थानको नाम र ठेगाना, किनेको मिति र समय, रकम तथा मनी अर्डर वा क्यासियर चेक नम्बर उल्लेख गर्न भनिएको छ ।

साथै मनी अर्डर वा क्यासियर चेक रद्द गर्न जाँदा मनी अर्डर वा क्यासियर चेकको रसिद वा अर्धकट्टी तथा आफ्नो परिचयपत्र लिएर जान सुझाव दिइएको छ । यदि मनी अर्डर वा क्यासियर चेक डिपोजिट भएको वा साटिएको पाइएमा सम्बन्धित स्टोर वा बैंकमा बुझी कहाँ कस्ले डिपोजिट वा क्यास गरेको हो, त्यसको विवरण दुतावासको इमेलमा पठाएर सहयोग गरिदिन दुतावासले अनुरोध गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com