१३० कागजपत्रविहिनलाई टेक्सासबाट बसमा ल्याएर उपराष्ट्रपति ह्यारिसको घरबाहिर छाडियो


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

After the mayor declared a State of Emergency, city sanitation workers clear a pile of used blankets and clothing by an encampment of migrants near a bus station in downtown in El Paso, Texas where they waited for transportation to shelter upon crossing the US-Mexico border on December 17, 2022. – In the last few days thousands of migrants arrived in the city crossing the border from Mexico’s Ciudad Juarez. They all come to the United States in search of opportunity, after fleeing political and economic crises in their home countries, mostly in South America. But the interval in El Paso, between being released by border authorities and getting transportation to continue to other cities, is complicated with shelters saturated by high demand. (Photo by Patrick T. Fallon / AFP)

टेक्सासबाट बसमा ल्याइएका करिब १३० कागजपत्रविहिन आप्रवासीहरूलाई अमेरिकामा राजधानीमा अत्याधिक चिसो क्रिसमसको पूर्वसन्ध्यामा उपराष्ट्रपतिको घरबाहिर छाडिएको छ ।

स्वयंसेवकहरूले क्रिसमसको दिन लगभग १३० आप्रवासीहरूसहित तीनवटा बसहरू न्यूयोर्क आइपुग्ने अनुमान गरेका थिए, तर सडक बन्द र चिसो अवस्थाका कारण बसहरूलाई वाशिंगटन क्षेत्रमा लगिएको थियो ।

शरण खोज्ने आप्रवासीहरू मेक्सिकोको सिउडाड जुआरेजबाट रियो ग्रान्डे पार गरेर एल पासो, टेक्सासमा आएपछि आफूलाई अमेरिकी सीमा सुरक्षा एजेन्टहरूसमक्ष पेश गर्दै । शरण खोज्नेहरुको बृद्धिपछि एल पासो शहरले आपतकालिन अवस्थाको घोषणा गरेको छ ।

आप्रवासीहरू ३६ घन्टाको यात्रापछि वाशिङटन आइपुगेका थिए । कसैकसैसँग टी सर्ट वा हल्का कम्बल मात्र थियो । त्यहाँ आएका आप्रवासीहरुलाई म्युचुअल एड ग्रुपले यात्रा र आवास समन्वय गर्न मद्दत गरेको थियो भने खाना, कोट, जुत्ता र अन्य न्यानो कपडाहरू प्रदान गरेको थियो । तापमान २० डिग्री भन्दा तल झरेको अवस्थामा आप्रवासीलाई त्यहाँ छाडिएको हो ।

म्युचुअल एड ग्रुपले बसहरू टेक्सासको आपतकालीन व्यवस्थापन विभागले पठाएको जनाएको छ । यो कार्यालयले टेक्सासका गभर्नर ग्रेग एबटको कार्यालयको निर्देशन अनुशार काम गर्छ । एबटको कार्यालयले यसबारे कुनै प्रतिकृया दिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कागजपत्रविहिन आप्रवासीहरू रियो ग्रान्डे पार गरेर अमेरिकातिर आउँदै ।

तीनवटा बसहरू दक्षिणी सिमानामा रिपब्लिकन गभर्नरहरूले डेमोक्र्याटिक नेतृत्वको सहरहरूमा पठाएका पछिल्ला बसहरु जस्तै थिए । नेभल अब्जर्भेटरीको मैदानमा उपराष्ट्रपति ह्यारिसको घर नजिकै छाडिएका उनीहरूलाई कम्बल दिइएको थियो र अर्को बसमा राखेर स्थानीय चर्चमा लगिएको थियो ।

टेक्सासका गभर्नर एबटले वाशिंगटन, न्यूयोर्क र शिकागो जस्ता ठाउँहरूमा राजनीतिक सन्देश पठाउँदै अप्रिलदेखि बसहरू चार्टर गर्न थाल्ने घोषणा गरेका थिए । गत हप्ता राष्ट्रपति बाइडेनलाई लेखेको पत्रमा एबटले राष्ट्रपतिको सीमा नीतिको आलोचना गर्दै यो आगमनले आप्रवासीहरूलाई शहरको सडकमा चिसो हुने जोखिममा छोडेको बताएका थिए ।

संयुक्त राज्य अमेरिकामा शरण खोज्ने भेनेजुएला प्रवासीहरू मेक्सिकोको चिहुआहुआ राज्यको सिउदाद जुआरेजमा क्रिसमसको पूर्वसन्ध्यामा एक अस्थायी शिविरमा क्याम्प आगोको वरपर ।

बुधबार टेक्सास सीमानामा हजारौं कागपत्रविहिन आप्रवासीहरू पर्खिरहेका थिए, जब टाइटल ४२ नामको नीतिको म्याद सकिने वाला थियो । यद्यपि सर्वोच्च अदालतले यो स्वास्थ्य आदेशलाई कम्तिमा केही दिनसम्म कायम राख्दै राख्ने आदेश दिएको छ ।

ह्वाइट हाउसले क्रिसमस डेमा एक विज्ञप्तिमा आप्रवासीहरूलाई वाशिंगटनमा छाडिएको कामको निन्दा गरेको छ। ह्वाइट हाउसका प्रवक्ता अब्दुल्लाह हसनले गभर्नर एबोटले कुनै पनि संघीय वा स्थानीय अधिकारीहरूसँग समन्वय नगरी क्रिसमसको पूर्वसन्ध्यामा जमेको तापक्रममा बालबालिकाहरूलाई सडकको छेउमा छाड्नु एक क्रूर, खतरनाक र लाजमर्दो स्टन्ट रहेको बताएका छन् ।

अमेरिकी सेनाले आप्रवासीहरूलाई एल पासो, टेक्सासमा प्रवेश गर्नबाट रोक्दै ।

प्रशासनले बारम्बार सीमा सुरक्षा र अध्यागमन सुधारमा दुबै पक्षसँग काम गर्ने बताएको तथा यी राजनीतिक खेलहरूले केही हासिल नगर्ने र जीवनलाई मात्र खतरामा पार्ने हसनले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com