मलाया युद्ध लडेको सैनिकको कथामा ‘गोर्खा वारियर’


प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

नेपालीले सन् १९४९ मा भएको मलाया युद्धमा देखाएको वीरताको कथामा फिल्म बनेको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’का बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा गोर्खा सैनिकले देखाएको बहादुरीसँगै युद्ध लडेको सैनिकको जीवनी प्रस्तुत हुने जानकारी दिइयो ।

“सैनिकले केकस्तो अवस्थामा युद्ध लडेका थिए भन्ने यसमा देखाएका छौँ । उहाँको परिवार र जीवनीसमेत समेटेका छौँ”, निर्देशक चाम्सले भन्नुभयो, “हामीले नेपालीले कायम गरेको वीरताको कथा फिल्ममार्फत विश्वलाई भन्नुपर्छ ।” आयोजित कार्यक्रममा फिल्मको टिजरसमेत सार्वजनिक गरियो । जङ्गल युद्धलाई देखाउँदा कठिनाइ भएकै कारण निर्माणमा लामो समय लागेको निर्देशक चाम्सले जानकारी दिनुभयो ।

“म आफैँ पूर्वसैनिक भएकाले पनि यसमा युद्ध लड्ने प्राविधिक शैली नै देखाएका छौँ । अन्य फिल्म जस्तो एउटा हिरोले नभई सम्पूर्ण टिमले वास्तविक झैँ यसमा युद्ध लड्नेछन्”, निर्देशक चाम्सले भन्नुभयो । पत्रकार सम्मेलनमा उपस्थित सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक शैलेन्द्र खनालले निर्देशक चाम्सलगायतको टिमलाई शुभकामना दिनुभयो । “नेपाली वीरताको कथालाई अन्य निर्माताले पनि पर्दामा ल्याउनुपर्छ । म यसमा गीतकारका रूपमा जोडिन पाउँदा खुसी छु”, पूर्वमहानिरीक्षक खनालले भन्नुभयो । उपस्थितले भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, सिनेम्याट्रोग्राफी तथा कलर ग्रेडिङलगायतको प्राविधिक पक्षको तारिफ गरेका थिए ।

नेपालीसहित हिन्दी र अङ्ग्रेजी भाषामा प्रदर्शन हुन लागेको फिल्मको २०२३ मा बेलायतमा प्रिमियर हुँदैछ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ । विजय लामा सैनिक मेजरको भूमिकामा छन् । नेपाल र मलेशियामा छायाङ्कन गरिएको फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समीर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’को गीत रचना र एलिस कार्कीको सङ्गीत रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com