शिक्षक हत्या अभियोगमा पक्राउ परेका श्रीमान्-श्रीमती सार्वजनिक


प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो ।

जिल्लाको पुर्चौडी नगरपालिका-३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्राबासमा बस्दै आएकी थिइन् । प्रजा र विमला श्रीमान्–श्रीमती हुन् ।पुस १ गते राति शिक्षक विष्टले बिमलामाथि अभद्र व्यवहार गरिरहेको देखेपछि उनका श्रीमान‍्ले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

श्रीमतीलाई अभद्र व्यवहार गरेको झोकमा उनका श्रीमान् प्रजा बोहराले शिक्षक विष्टलाई मुक्का हानेर सिंढीबाट ढलाएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने, ‘पुस १ गते साँझको समयमा विमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक विष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक विष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाति र मुखमा हानेर हत्या गरे ।’

प्रजाले शिक्षक विष्टलाई ढलाएपछि एक जनाले खुट्टा र अर्कोले टाउकोतर्फ आक्रमण गर्दै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि शिक्षको शव दुवै जनाले मिलेर हत्या रम्बासको झ्याङमा फालेको प्रहरीको भनाई छ । घटनाका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । घटनामा अरु संलग्नताका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शिक्षक विष्टको शव पौष २ गते दिउँसो १ बजे फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोलीसमेत बैतडी आएको थियो । शिक्षक विष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै ६ दिनसम्म लगातार आन्दोलनसमेत गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com