विश्वकप उपाधि जितेपछि मेसीले पोस्ट गरेको फोटोमा अहिलेसम्मकै धेरै लाइक


प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

(221218) — LUSAIER, Dec. 18, 2022 (Xinhua) — Lionel Messi of Argentina kisses the World Cup Trophy during the awarding ceremony of the 2022 FIFA World Cup at Lusail Stadium in Lusail, Qatar, Dec. 18, 2022. (Xinhua/Li Ming)

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको उपाधि जितेको फोटोमा अहिलेसम्मकै धेरै लाइक आएको मेटा प्ल्याटफर्मका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बताएका छन् ।

“लियोनल मेसीले गरेको विश्वकपको पोस्टमा इन्स्टाग्राम इतिहासकै सबैभन्दा धेरै लाइक आएको छ,” मेसीले फिफा विश्वकप ट्रफी उचालेको फोटो राखेर जुकरबर्गले लेखेका छन्, “ह्वाट्सएपमा पनि फाइनल अवधिभर कीर्तिमानी दुई करोड ५० लाख म्यासेज प्रतिसेकेन्ड आएको छ ।”

कतारमा सम्पन्न फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै उपाधि जितेको थियो । अर्जेन्टिनाले ३६ वर्षपछि पहिलोपटक उपाधि जितेको हो । अर्जेन्टिनाले यसअघि सन् १९८६ मा उपाधि जितेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com