विश्वकप उपाधि जितेपछि मेसीले पोस्ट गरेको फोटोमा अहिलेसम्मकै धेरै लाइक


प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

(221218) — LUSAIER, Dec. 18, 2022 (Xinhua) — Lionel Messi of Argentina kisses the World Cup Trophy during the awarding ceremony of the 2022 FIFA World Cup at Lusail Stadium in Lusail, Qatar, Dec. 18, 2022. (Xinhua/Li Ming)

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको उपाधि जितेको फोटोमा अहिलेसम्मकै धेरै लाइक आएको मेटा प्ल्याटफर्मका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बताएका छन् ।

“लियोनल मेसीले गरेको विश्वकपको पोस्टमा इन्स्टाग्राम इतिहासकै सबैभन्दा धेरै लाइक आएको छ,” मेसीले फिफा विश्वकप ट्रफी उचालेको फोटो राखेर जुकरबर्गले लेखेका छन्, “ह्वाट्सएपमा पनि फाइनल अवधिभर कीर्तिमानी दुई करोड ५० लाख म्यासेज प्रतिसेकेन्ड आएको छ ।”

कतारमा सम्पन्न फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै उपाधि जितेको थियो । अर्जेन्टिनाले ३६ वर्षपछि पहिलोपटक उपाधि जितेको हो । अर्जेन्टिनाले यसअघि सन् १९८६ मा उपाधि जितेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com