प्लेयर्स टु वाच : मेस्सी र एम्बाप्पे


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

कतार फिफा विश्वकप फुटबल २०२२ को फाइनल आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइनल खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै टोलीकाे लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ । फ्रान्स भने लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा छ । यसअघि फ्रान्स सन् १९९८ र सन् २०१८ मा च्याम्पियन भएको थियो । अर्जेन्टिना सन्  १९७८ र सन् १९८६ को  च्याम्पियन भएको थियो ।

लियोनल मेस्सी (अर्जेन्टिना)

कतार विश्वकपमा सबैको नजर लियोनल मेस्सीमाथि छ । मेस्सीले यो विश्वकप नै आफ्नो अन्तिम खेल भएको बताइसकेका छन् । ३५ वर्षीय मेस्सीले जारी विश्वकपमा पाँच गोल गरेका छन् । यसैगरी तीन असिस्ट उपलब्ध गराएका छन् । मेस्सीले साउदी अरेबिया, मेक्सिको, अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसियाविरुद्ध एक–एक गोल गरेका छन् । जसमा तीन गोल पेनाल्टीमा सम्भव भए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अग्रपंक्तिमा आवश्यकताअनुसार रहँदै मेस्सी अधिकांश समय मिडफिल्डर झरेर खेलिरहेका छन् । जसमा उनीसँगै अर्जेन्टिना सफल भएको छ । मेस्सीले अर्जेन्टिनाबाट एक सय ७१ खेलमा ९६ गोल गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) मा व्यावसायिक फुटबल खेलिरहेका मेस्सी सन् २०१८ मा समेत सेमिफाइनल पुगेर उपाधिबाट विमुख भएका थिए ।

केलियन एम्बाप्पे (फ्रान्स)

युवा स्ट्राइकर केलियन एम्बाप्पे जारी कतार विश्वकपमा निकै लयमा छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का यी खेलाडीले पाँच गोल गरिसकेका छन् । उनी मेसीसँगै गोल्डेन बुटको दौडमा छन् । साबिक विजेता फ्रान्सका २३ वर्षीय एम्बाप्पेले डेनमार्क र पोल्यान्डविरुद्ध समान दुई गोल गर्दा अस्टे«लियाविरुद्ध एक गोल गरेका थिए ।

एम्बाप्पे बल नियन्त्रणमा राख्दै तीव्र गतिमा दौडन, फिनिसिङ गर्न र पास निकाल्नमा माहिर मानिन्छन् । सेमिफाइलनमा मोरक्कोविरुद्ध गोलविहीन भए पनि दुवै गोलमा एम्बाप्पेको योगदान रहेको थियो । सन् २०१७ देखि राष्ट्रिय टोलीमा रहेका एम्बाप्पेले ६६ खेलमा ३३ गोल गरेका छन् । एम्बाप्पे लगातार दुई विश्वकप जित्ने संघारमा छन् । जुन यसअघि ब्राजिल र इटालीले जितेका थिए ।


के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com