अचारदेखि चियासम्म सयौं नेपाली उत्पादन अमेरिकामा, ‘नेपाल सरकारको सहयोग आवश्यक’: व्यवसायी


प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार

अचारदेखि चियासम्मका सयौं नेपाली उत्पादन नेपालबाट अमेरिकामा आयात भइहरेको जानकारी दिदै व्यवसायीहरुले यसको थप प्रवद्र्धनका लागि नेपाल सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदायको भूमिका विषयमा नेपाली महावाणिज्यदूतावास न्युयोर्कले गैरआवासीय नेपाली संघ, अमेरिका न्युयोर्क च्याप्टरसंगको सहकार्यमा गरेको अन्तरकृयामा व्यवसायीले यस्तो सुझाव दिएका हुन् ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुग हलमा शनिबार आयोजित कार्यक्रममा व्यवसायीहरुले नेपालबाट अचारदेखि चिया, चाउचाउ लगायतका सयौं उत्पादनहरु अमेरिकामा आयात गर्दाका अनुभवहरु सुनाए । अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण र साङ्गदोर्जे शेर्पा लगायतले नेपाली उत्पादन आयात गर्दाका प्रकृया, चुनौती र अवशरहरुबारे जानकारी दिएका थिए ।

उनीहरुले नेपाली उत्पादनको प्रवर्द्धनका लागि आआफ्ना तर्फबाट भइरहेका प्रयासबारे जानकारी दिदै , नेपालमा स्थानीय स्तरमा उत्पादित बस्तुदेखी लिएर अन्य बस्तु निर्यातसंजालमा जोड्न, जिएसपी नवीकरण, भंसार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्तममा कार्यवाहक महावाणिज्यदूत बिष्णु गौतमले नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने बताए । दुईदेशबीचको कूटनीतिक सम्बन्धको पचहत्तरौं बार्षिकोत्सबको प्रसंग उठाउँदै उनले नेपाल र अमेरिकाबीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ बृद्धिगर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, नेपालका मित्र अमेरिकी नागरिक, पर्यटक, तथा गैरआवासीय नेपाली समुदायको संजाल निकै प्रभावकारी हुनसक्ने बताए ।

उनले नेपाल र अमेरिकाबीचको व्यापारमा दुवै देशलाई लाभ हुनेगरी उच्च बृद्धि संभव रहेको र यसका लागि थप बजारीकरण जरुरी रहेको बताउँदै दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च संभावना भएका नेपाली बस्तु र ती बस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे जानकारी दिए । अमेरिकामा नेपाली परिकार र पर्यटन प्रवर्द्धनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रसंसा गर्दै उनले बढ्दो नेपाली समुदाय र विस्तारित संजालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रवर्द्धनमा अझबढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गरे ।

वाणिज्यदूत गणेश अधिकारीले संचालन गरेको कार्यक्रममा एनआरएनए न्युयोर्क च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डेले गैरआवासीय नेपालीको मातृभूमीसंग निकट र भावनात्मक सम्बन्ध रहेको र नेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागि एवम् नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com