जी२० सम्मेलन सम्पन्न पेरिस सम्झौतामा अमेरिका असहमत


प्रकाशित मिति : असार २५, २०७४ आईतबार

विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा सम्पन्न भएको छ । सो सम्मेलनका लागि विश्वका अधिकांश नेताहरु शुक्रबार नै जर्मनी पुगेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुुटिन, चिनियाँ राष्ट्रपति सि चिनफिङ जर्मन चान्सलर एन्जिला मार्केललगायतको सो बैठकमा सहभागिता रहेको थियो ।

उक्त सम्मेलनमा विश्वमा जलवायु परिवर्तनको प्रभाव कमगर्ने सम्बन्धी सम्झौता, पेरिस सम्झौतामा अमेरिकाले अनुमोदन गर्न मानेन । विश्वका अरु १९ देशका कार्यकारी एवम् राज्य प्रमुखहरुले त्यसलाई एकमतले अनुमोदन गरेका छन् ।

यस संगठनमा विश्वका २० वटा शक्ति सम्पन्न र धनी देशहरु अमेरिका, चीन, बेलायत, फ्रान्स, जर्मनी, रुस, भारतलगायत सदस्य रहेका छन् । यी नेताहरुले विशेषगरी विश्वको आर्थिक, सामाजिक, राजनीतिक र क्षेत्रीय अन्य एजेण्डाका बारेमा छलफल र कतिपय विषयमा सहमति पनि गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वमा जलवायु परिवर्तनको एजेण्डाका बारेमा पनि सो सम्मेलनमा कुराकानी भएको थियो । सोही बमोजिम उक्त सम्मेलनमा जलवायु परिवर्तन बारेको अर्काे एजेण्डामा पनि छलफल भएको थियो ।

पेरिसमा सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भएको उक्त पेरिस सम्झौतामा अमेरिकाले भने असहमति व्यक्त गर्दै आएको थियो । त्यसैले यस सम्झौताको अनुमोदनको एजेण्डमा अमेरिकाले असहमति नै प्रकट ग¥यो ।

त्यस सम्झौताले अघि सारेको हरित गृह प्रभाव कमगर्ने बारेमा विश्वका १९ देशका नेताहरुले भने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्न उक्त सम्झौताले गरेको प्रतिबद्धता पूरागर्ने पक्षमा कामगर्ने जनाएका थिए ।

उक्त पेरिस सम्झौतामा विश्वमा आगामी दिनमा जलवायु परिवर्तनको प्रभाव कम गर्न हरित गृह प्रभाव घटाउने र विश्वको तापमान दुई डिग्री सेल्सियसभन्दा कम गरीराख्ने बारेमा व्यवस्था गरिएको छ ।

साथै सो सम्मेलनमा विश्वका विभिन्न क्षेत्रीय आर्थिक एजेण्डाका बारेमा व्यापक मात्रामा छलफल भएको थियो । केही वर्षअघि विश्वमा देखिएको आर्थिक मन्दीको प्रभावका बारेमा पनि सो सम्मेलनमा छलफल भएको थियो ।

यसैबीच जर्मनीको ह्यामवर्गमा जि–२० सम्मेलन चलिरहँदा शहरका विभिन्न स्थानमा भने विरोधस्वरुप प्रदर्शनहरु गरिएका थिए । प्रदर्शन शान्तिपूर्ण भनिए पनि केही ठाउँमा सामान्य भडपका घटना भने भएका थिए ।

प्रदर्शनमा समाजवादी समूह तथा कुर्दिस समूहका करिब २० हजार प्रदर्शनकारीले पूँजीवाद विरोधी नारा लगाउँदै र आफ्नो समूहका झन्डा फहराउँदै शहरका विभिन्न भागमा परिक्रमा गरेका थिए । यस क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

हाल जर्मनी जि२० को अध्यक्ष रहेको छ । अर्जेन्टिनाले आगामी डिसेम्बरदेखि सो संगठनको अध्यक्षता लिने छ । जि२०को अर्काे सम्मेलन अर्जेन्टिनाले आगामी बर्ष आयोजना गर्ने भएको छ । एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com