न्युयोर्क सिटीका मेयर एरिक आडम्सको सहभागितामा न्युयोर्कमा नेपाली संगीत महोत्सव


प्रकाशित मिति : आश्विन २५, २०७९ मंगलबार

न्युयोर्क सिटीका मेयर एरिक आडम्सको सहभागितामा न्युयोर्कमा नेपाली संगीत महोत्सव गरिएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको डाइभर्सिटी प्लाजामा भएको कार्यक्रममा झण्डै डेढ दर्जन चर्चित नेपाली कलाकारले आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरे । कार्यक्रममा नेपाली बाहेकका अन्य दर्शकहरु पनि सहभागी थिए ।

मेयर एरिक आडम्सले नेपाली संगीत र संस्कृतिलाई विश्वमा अझै प्रवद्र्धन गर्न मद्दत गर्ने सुन्दर संगीत महोत्सवका लागि आयोजकलाई धन्यवाद दिए । साथै दशैं तथा तिहारको अवसरमा नेपाली समुदायलाई शुभकामना समेत दिए ।

कलाकारहरु सपनाश्री, फिरोज स्याङ्देन, पेमा छेवाङ शेर्पा र सुरजसिंह ठकुरीलाई मेयरका हातबाट सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा चर्चित नेपाली कलाकारहरु १९७४ एडीका फिरोज स्याङदेन, सपना श्री, दिपेश किशोर भट्टराई, ग्लुमी गाइजका हरि कर्माचार्य, सञ्जिव प्रधान, तिलक बम मल्ल, निशा सुनार, संजोग योञ्जन, बिमल डाँगी, अभय ढुंगेल, रेश्मा सुनुवार लगायतले आफ्ना चर्चित गीतहरु गाए भनृ कार्यक्रमको संचालन चर्चित टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरीले गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमको डिजे न्युयोर्कका चर्चित नेपाली डिजे जाङबुले गरे । कार्यक्रममा कलाकारहरु कबिना सिंह, येसेर्ग गुरुङ र रुतमान गुरुङ, अरमानी महर्जन, ममता राई र वशन्त डान्स सेन्टरका प्रस्तुतीहरु समेत थिए ।

नेपाली कला र संस्कृतिको प्रवद्र्धनका लागि गैर नेपालीहरुमाझ समेत नेपाल चिनाउने उद्देश्यले डाइभर्सिटी प्लाजामा कार्यक्रम गर्न पाउँदा खुशी लागेको आयोजकमध्येका एक रियल्टर नवराज केसीले जानकारी दिए । नेपाली झण्डासँगै नेपाली गीतसंगीत प्रस्तुत गरेर नेपाल चिनाउने कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूलाई खुशी लागेको केसीले बताए ।

कार्यक्रमका अन्य आयोजकमा बुद्ध ट्याक्सका पशुपति श्रेष्ठ र रिभेल इभेन्टसका राजेश हमाल थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com