शरण खोज्नेहरुले ओइरो लागेपछि न्युयोर्क सिटीमा संकटकाल घोषणा


प्रकाशित मिति : आश्विन २१, २०७९ शुक्रबार

buildings near body of water landscape photography

न्युयोर्क सिटीका मेयर एरिक एडम्सले शहरको आप्रवासी संकटलाई सम्बोधन गर्न मद्दत गर्नको लागि संकटकालिन अवस्थाको घोषणा गरेका छन् । चालु आर्थिक बर्षमा आप्रवासी संकटलाई सम्बोधनका लागि न्युयोर्क सिटीको १ बिलियन डलर खर्च हुने मेयर आडम्सले बताएका छन् ।

धेरै मानिसहरू बच्चासहितका परिवार लिएर न्यूयोर्क शहरमा आइपुगेको बताउँदै मेयर आडम्सले आज बसमा आइपुगेका आप्रवासीहरुलाई आश्रय प्रदान गरिसकेपछि न्युयोर्क सिटीको आश्रय प्रणालीमा इतिहासमा नै सबैभन्दा धेरैलाई आश्रय दिएको रेकर्ड कायम हुने उनले बताए ।

मेयरले शरणार्थीहरूको निरन्तर आगमनलाई सम्हाल्न आपतकालीन संघीय र राज्य सहायताको लागि आह्वान गरेका छन् । संकटकालिन अवस्थाको घोषणाले सम्बन्धित सिटीका एजेन्सीहरूलाई मानवीय संकटको सामना गर्न र राहत केन्द्रहरू निर्माण गर्ने प्रयासहरू समन्वय गर्न निर्देशन दिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो संकटकालिन अवस्था ३० दिनका लागि लागु हुनेछ । आवश्यक परेमा लम्बिन समेत सक्ने मेयर आडम्सले बताएका छन् । न्युयोर्कको आश्रय प्रणालीमा अहिले ६१ हजारभन्दा धेरै व्यक्तिहरु रहेका छन् । जसमा हजारौं घरबारविहीन र हजारौं शरणार्थीहरू छन् ।

यो बर्षको अप्रिल यतामात्र दक्षिणी सिमाक्षेत्रबाट अमेरिकामा शरण खोज्ने १७ हजारभन्दा धेरैलाई बसमा राखेर न्युयोर्क पठाइएको छ । अक्टोबरको पहिलो हप्तासम्म टेक्सासले शरण खोज्नेहरुलाई वासिङ्टन डीसी, न्यूयोर्क शहर र शिकागोमा बसबाट पठाउन १८ मिलियन डलर भन्दा धेरै खर्च गरेको छ ।

न्यूयोर्क सिटीको आश्रय प्रणाली लगभग शतप्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ । सिटीले आप्रवासीहरूको आगमनलाई सम्बोधन आर्थिक वर्षको अन्त्यसम्ममा कम्तिमा १ बिलियन डलर खर्च गर्ने अपेक्षा गरेको छ यदि शरणार्थीहरू हालको दरमा सिटीमा प्रवेश गरेमा आगामी बर्षमा आश्रय लिनेको संख्या १ लाखभन्दा बढी हुने अनुमान गरिएको छ ।

न्युयोर्कका ४२ वटा होटललाई आपतकालीन आश्रयस्थलका रूपमा स्थापना गरिएको छ भने ५५ सयभन्दा धेरै आप्रवासी बालबालिकालाई विद्यालयमा भर्ना गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com