वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध


प्रकाशित मिति : आश्विन २०, २०७९ बिहीबार

दुईदिनदेखि निरन्तर परेको वर्षाका कारण पृथ्वीराजमार्गका केही ठाउँमा पहिरा गएपनि अधिकांश खण्ड भने सञ्चालनमै छन् । पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । “उक्त ठाउँमा पहिरो हटाएर राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ, अन्य ठाउँमा अवरोध छैन,” उहाँले भन्नुभयो । वर्षाका कारण पहिरा जाँदा आज नै धादिङको सुरुङमार्ग नजिक बाटो अवरुद्ध भएको थियो । त्यस ठाउँको पहिरो पन्छाएर राजमार्ग सुचारु गराइसकिएको प्रहरीले जनाएको छ ।

यस्तै चितवनतर्फबाट धादिङ जाने बाटोमा कुनै अवरोध नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड पनि दुईतर्फी सञ्चालनमा आएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको सत्र किलोमा खसेको पहिरो हटाएर राजमार्ग यथावत सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिनुभयो । “चितवनतर्फ र धादिङतर्फ जाने बाटो दुईतर्फी सञ्चालनमा छ,” उहाँले भन्नुभयो ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा भने केही अवरोध नरहेको तनहुँ प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले पहिरा खस्ने सम्भावना भएकाले पहिरा पन्छाउन तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आरके सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार डुम्रे–वेँसीसहर सडकखण्डमा पनि अवरोध छैन । “पानी निरन्तर परिरहेकाले पहिरा जान सक्ने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी गरेका छौँ” उहाँले भन्नुभयो ।

ग्रामीण सडकहरु अवरुद्ध

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण पहिरा जाँदा तनहुँका केही ग्रामीण सडकहरु अवरुद्ध भएका छ्न् । निरन्तरको वर्षाका कारण पहिरा जाँदा दसैँमा सर्वसाधारणलाई समस्या भएको छ । पहिराका कारण तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी हुँदै जाने ग्रामीण सडक बगाएको स्थानीयवासी शिवकुमार आलेले जानकारी दिनुभयो । भिमाद नगरपालिका–१, २ र ३ लाई जोड्ने छोटो बाटो पहिराका कारण अवरुद्ध भएको छ । “बाटो अवरुद्ध हुँदा दसैँमा टीका लगाउन जानेहरुलाई समस्या भएको छ,” उहाँले भन्नुभयो ।

पहिराका कारण ऋषिङका ग्रामीण सडक अवरुद्ध भएका छन् । ऋषिङ गाउँपालिका–७ साङखोल्सीमा पहिरा जाँदा सडक अवरुद्ध भएको स्थानीय दानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “पहिरा पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो । घिरिङ गाउँपालिका–३ खिलाका दुई ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको छ । गाउँपालिका कार्यालय र मानपुरको बीचमा गएको पहिरो हटाउन गाउँपालिकाले मेसिन लगाउन सुरु गरेको गाउँपालिकाका प्रेस संयोजक अन्जान परियारले जानकारी दिनुभयो । “पहिरो पन्छाएर बाटो पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो ।

निरन्तर वर्षा भइरहेकाले बाढीपहिराको जोखिम हुने हुँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ । बाढीपहिरा गई जनधनको क्षति हुनसक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com