‘दलको विकल्प स्वतन्त्र हुन सक्दैन’


प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार

राजनीतिक दलको विकल्प स्वतन्त्र हुन नसक्ने तर उनीहरुको चयनले सुधार हुन दललाई झक्झकाएको सरोकारवाला विज्ञहरुले औँल्याएका छन् । स्थानीय तहको निर्वाचनको आगामी सङ्घीय निर्वाचनमा पर्ने प्रभावका सन्दर्भमा ‘सोसियल डेमोक्रेटिक फाउन्डेशन’ ले आज सरोकारवालासँग गरेको छलफलका वक्ताले दलबाट दिक्क भएका मतदाताले स्वतन्त्र व्यक्तिलाई चयन गरेको बताए । उनीहरुले दलहरु बेलैमा सुध्रन जरुरी भएको बताउँदै राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुन नसकेका कारण पनि वैकल्पिक शक्तिको खोजीमा मतदाता लागेको उल्लेख गरे ।

पूर्व निर्वाचन आयुक्त इला शर्माले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुन नसकेका कारण वैकल्पिक शक्तिको खोजीमा मतदाता लागेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको लहरले दलसँग जनता निराशावादी छन् भन्ने सन्देश दिएको छ भन्नुभयो । स्थानीय तहको निर्वाचनमा युवा र महिलाको तुलनात्मक सहभागिता बढेका भन्दै आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पनि महिला र युवा सहभागिता बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रा बालकृष्ण माबुहाङले राजनीतिक दलबाट दिक्क भएका मतदाताले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र व्यक्तिलाई मत दिएर दलहरुलाई सचेत गराएको बताउनुभयो । उहाँले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने र मतदाताले उनीहरुलाई मत दिने लहर आउने सङ्घीय र प्रदेश निर्वाचनमा पनि देखिने लक्षण रहेको भन्दै दलहरु बेलैमा सजक हुनुपर्ने धारणा राख्नुभयो ।

समाजशास्त्री डा मीना पौडेलले राजनीतिभित्रको बेथितिबाट दिक्क भएका मतदाताले स्थानीय निर्वाचनमा नैराश्यता प्रदर्शन गरेको भन्दै यसबाट दलहरुले बेलैमा पाठ सिकेर जनभावनाअनुरुप अघि बढन् जरुरी छ भन्नुभयो । उहाँले जागरुक समूहले सकारात्मक पक्षको खोजिरहेको वैकल्पिक धार निर्माण गर्नसक्ने आधार बनाएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वतन्त्र व्यक्तिको चयनले दलीय पद्धतिलाई कमजोर बनाउनेभन्दा पनि दलभित्र सुधार खोजेको भन्दै उहाँले गिजोलिएको राजनीतिलाई व्यवस्थित ढङ्गले अघि बढाउन स्वतन्त्रको मतले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सहप्राध्यापक लेखनाथ पाण्डेले स्थानीय निर्वाचनमा स्वतन्त्रहरुको उपस्थितिले राजनीतिक दललाई चुनौती दिएको उल्लेख गर्नुभयो । उहाँले दलहरुभित्र आन्तरिक प्रजातन्त्रको अभ्यास कमजोर बनिरहेको, पहुँच र शक्तिको दुरुपयोग भइरहेको टिप्पणी गर्दै ठूला दललाई सच्चिन स्थानीय निकायको परिणामले सङ्केत गरेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com