अल्फाबिटामा बालेनको एक्सन : बिहान सञ्चालकसँग झोक्किए, दिउँसो डोजर चलाए (भिडियो)


प्रकाशित मिति : भाद्र ९, २०७९ बिहीबार

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले अवैध रुपमा बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । आज बिहान मात्रै अल्फाबिटा पुगेर अवैध संरचना तत्काल हटाउन निर्देशन दिएका मेयर बालेन शाहले दिउँसो पुनः पुगेर डोजर चलाएका हुन् ।

बिहान अवैध संरचना हटाउन निर्देशन दिँदै गर्दा मेयर बालेन शाह र कम्प्लेसका सञ्चालक द्विराज शर्माबीच सवाल जवाफ भएको थियो । सञ्चालक शर्माले आफूले व्यवसाय गर्न स्वीकृत लिएको बताउँदै गर्दा शाहले आक्रोशित शैलीमा ३५ दिने सूचना हातमा देखाउँदै ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग’ भन्दै चर्को स्वरमा झोक्किन पुगेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित निस्किएका शाहले बिहीबार मात्रै शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि त्यहाँ पुगेर हटाउन निर्देशन दिए । त्यहाँपश्चात महानगरप्रहरी र कर्मचारीको टोली बत्तिसपुतलि स्थित मुक्तिनाथ विकास बैंक र आडमा रहेको एक रेष्ट्ररेन्टलाई समेत अवैध संरचना हटाउन निर्देशन दिएको थियो ।

बुधबार मात्रै बालेन्द्र शाहले सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना र खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगेको संचरना पनि भत्काएका छन् । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ । अनधिकृत संरचना हटाउन काठमाडौंका मेयर बालेन्द्र शाह स्वंय नै बानेश्वर क्षेत्रमा खटिएका छन् । यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर शाहले अवैध संरचना भत्काउने अभियान चलाएका हुन् ।

भिडियो :

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com