एसाइलम स्वीकृतमा आधारित ८०% ग्रिनकार्ड आवेदनमा निर्णय आउन ४० महिनासम्म


प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार

युएससीआईएसको पछिल्लो विवरण अनुशार एसाइलम स्वीकृतमा आधारित ग्रिनकार्ड आवेदनमा निर्णय आउन औषतमा ४० महिना लाग्ने गरेको छ । एसाइलम स्वीकृत भएको एकबर्षपछि ग्रिनकार्ड आवेदन दिन सकिने प्रावधान रहेकोमा ग्रिनकार्ड आवेदन दिइसकेपछि यसबारे निर्णय आउन यो अवधि लाग्ने गरेको हो ।

एसाइलम स्वीकृत भएको आधारमा २०१८ को नोभेम्बरमा ग्रिनकार्ड आवेदन दिएकाहरुले अहिलेसम्म पनि आवेदनबारे निर्णय प्राप्त नगरेको खण्डमा आगामी सेप्टेम्बरमा आफ्नो आवेदनबारे युएससीआईएसमा सोधपुछ गर्न सक्नेछन् । अर्थात् युएससीआईएसमा आफ्नो आवेदनबारे सोधपुछका लागि आवेदन दिएको मितिले झण्डै ४६ महिना कुर्नुपर्ने अवस्था आएको छ ।

एसाइलम स्वीकृत भएको आधारम दिइएको ग्रिनकार्ड आवेदन नेब्रास्का सर्भिस सेन्टर र टेक्सास सर्भिस सेन्टरले प्रकृयामा लैजादै आएको छ । दुबै सर्भिस सेन्टरमा ८० प्रतिशत आवेदनबारे ४० महिनाभित्र निर्णय आउने गरेको छ । जसको अर्थ कतिपय आवेदनमा निर्णय प्राप्त गर्न भने ४० महिना नलाग्न पनि सक्छ । तर २० प्रतिशत आवेदनमा निर्णय आउन त्योभन्दा पनि बढी समय लाग्नसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रिनकार्ड आवेदन आई ४८५ स्वीकृत भएको मितिले एकबर्ष अगाडिदेखिमात्र स्थायी बासिन्दाको मान्यता दिइने प्रावधानका कारण एसाइलमबाट ग्रिनकार्ड प्राप्त गर्नेहरु अमेरिकी नागरिकता आवेदन दिने सन्दर्भमा अन्यौलमा पर्ने गरेका छन् । एसाइलममा आधारित आई ४८४ आवेदन स्वीकृत भएको ३ बर्ष ९ महिना पूरा भएका ग्रिनकार्डवाहकले अमेरिकी नागरिकताका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ ।

एसाइलम आवेदनको रिसिप्ट आउन पनि ढिलाई

एसाइलम आवेदनको रिसिप्ट आउन नियमित भन्दा केही ढिलो भएपनि नआत्तिन युएससीआईएसले सुझाव दिएको छ । एसाइलम आवेदन आई ५८९ को रिसिप्ट पठाउन केही ढिलो भइरहेको युएससीआईएसले प्रष्ट पारेको छ ।

उक्त ढिलाई कारण आवेदकले समयमै रिसिप्ट प्राप्त नगर्नसक्ने भएपनि आवेदन प्राप्त गरेको मितिबाटै प्राथमिकता मिति गणना गरिने युएससीआईएसले जनाएको छ । अमेरिका आएको एकबर्षभित्रै एसाइलम फाइल गर्नुपर्ने प्रावधान, एसाइलम अन्तरवार्ताका लागि प्राथमिकता र पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गर्ने मितिको गणना पनि युएससीआईएसले आवेदन प्रकृयामा लगेको मितिबाट नभई प्राप्त गरेको मितिबाटै हुने युएससीआईएसले स्पष्ट पारेको छ ।

सही तरिकाले फाइल नगरिएका आवेदनका सन्दर्भमा भने त्यस्ता आवेदनहरु अस्वीकृत गरेर फाइल गर्नमा भएको कमजोरीबारे आवेदकलाई सुचित गरिने युएससीआईएसको भनाई छ । समयमा नै रिसिप्ट प्राप्त नगरेको खण्डमा अरु एसाइलम आवेदन आई ५८९ नपठाउन सुझाव दिइएको छ । यदि त्यसो गरेमा आवदेनमा ढिलाई हुने युएससीआईएसले जनाएको छ ।

आवेदन सही तरिकाले फाइल गर्नका लागि युएससीआईएसले केही सुझावहरु पनि दिएको छ । अवस्थामा परिवर्तन आएको वा कुनै असाधारण अवस्थाले गर्दा अमेरिका आएको एकबर्षभित्र आवेदन दिन नसकेको बाहेक अन्य अवस्थामा अमेरिका आएको एकबर्षभित्रै आवेदन दिन सुझाव दिइएको छ ।

त्यस्तै आवेदनमा सबै प्रश्नको जवाफ कालो मसीले लेख्न सुझाव दिइएको छ । फर्ममा आवेदक र उसको परिवारको बारेमा सोधिएका सबै जानकारीहरु उपलब्ध गराउन तथा लागु नहुने सन्दर्भमा नन, नट एप्लीकेबल वा अननोन लेख्न सुझाव दिइएको छ । आवेदनका साथमा आफ्नो एसाइलमको लिखित विवरण पठाउन तथा उक्त विवरणमा आफूले भोगेका घटना, मिति र अनुभव लगायत समावेश गर्न प्रोत्साहन गरिएको छ ।

पुरक कागजात लगायतका कागजातमा एलियन नम्बर भएको खण्डमा उक्त नम्बर, नाम, मिति र हस्ताक्षर गरेर पठाउन सुझाव दिइएको छ । एसाइलमको आवेदन भर्मोन्ट सर्भिस सेन्टरमा नपठाउन र उक्त सेन्टरले एसाइलम आवेदन प्रकृयामा नलगेकाले त्यहाँ आवेदन पठाएको खण्डमा थप ढिलाइ हुने प्रष्ट पारिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com