‘अमेरिकाको नकारात्मक गतिविधिका कारण चीन–अमेरिकी सम्बन्धमा समस्या’


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

चीनका राष्ट्रपति सी जिनपिङ्ले आफ्नो अमेरिकी समकक्षीसँग सोमबार गरेको टेलिफोन वार्तामा बेइजिङ् र वासिङ्टनवीचको द्विपक्षीय सम्बन्धमा अमेरिकाको केही नकारात्मक गतिविधिका कारण समस्या आएको बताउनु भएको छ ।

अमेकिरी नौसैनिक जहाज चिनियाँ इलाकामा प्रवेश गरेपछि चीनले हालै उक्त जहाजलाई नियन्त्रणमा लिएको थियो । सम्भवतः यसै विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले गरिएको फोन वार्तामा चिनियाँ राष्ट्रपति सीले सम्बन्ध सुमधुर राख्न केही अमेरिकी गतिविधि समस्या बन्ने गरेको बताएको चिनियाँ स्रोतले जनाएको छ।

दुई शक्तिशाली विश्व नेताबीच भएको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले ट्रम्पसँग फ्लोरिडामा गत अप्रिलमा भएको भेटले महत्वपूर्ण सफलता हासिल गरेको बताउनुभएको थियो । सोही समय राष्ट्रपति सीले केही नकारात्मक गतिविधिका कारण सम्वन्धलाई बेलाबेला प्रभावित तुल्याउने गरको भन्दै चीनले अमेरिकालाई हेर्ने दृष्टिकोण यसअघि नै राखिसकेको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।

उक्त कुराकानीका अवसरमा चिनियाँ राष्ट्रपति सीले अमेरिकाले एक चीन नीतिको सम्मान गर्ने विश्वास व्यक्त गर्नुभएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीले अमेरिकीले ताइवान विषयलाई एक चीन नीतिमा आधारित भएर तदनुरुप कामगर्ने आग्रह गर्नुभएको बताइएको छ ।

दुई नेताबीच कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त कोरियाद्वारा निरन्तर आणविक हतियार र क्षेप्यास्त्र बनाउने कार्यक्रमलाई अघि बढाएको बताउँदै दुबै देशको सहकार्यलाई प्योङयाङ बढाएको बताउँदै दुबै देशको सहकार्यलाई आणविक हतियार मुक्त गराउनु पर्ने विज्ञप्तिमा जनाइएको छ ।

चीनले अमेरिकी व्यवसायिक साझेदारसँग ट्रम्पले सन्तुलित व्यवापारिक सम्बन्धलाई अघि बढाउनुु आग्रह गरेको पनि विज्ञप्तिमा जनाइएको छ । यद्यपि विज्ञप्तिमा ताइवान बारे केही जनाइएको छैन । पिटिआई

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com