भारतीय संविधानमा नेपाली भाषा सूचीकृत हुँदा भोजपुरी भाषाले किन पाएन स्थान ?


प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार

भारतको बिहार, त्यसमा पनि पश्चिम बिहार र उत्तर प्रदेशको पूर्वी भागलाई भोजपुरीको मूल थलो जस्तै मानिन्छ । सन् २०११ मा भारतमा भएको जनगणना अनुसार भोजपुरी भाषा बोल्नेहरूको सङ्ख्या पाँच करोड भन्दा बढी छ । त्यसबाहेक झारखण्ड, मध्यप्रदेश, छत्तीसगढ राज्यहरूमा भोजपुरी भाषीको सङ्ख्या ठूलो छ । भारतका पञ्जाब, गुजरात, तमिलनाडू र केरलाजस्ता समृद्ध

राज्य तथा त्यहाँको प्रमुख महानगरहरू दिल्ली, मुम्बई, कोलकाता र चेन्नईमा मूलथलोबाट धेरै भोजपुरी भाषीहरू मजदुरी गर्न पुगेका छन् । भारतबाहिर झण्डै १५ देशमा भोजपुरी बोल्नेको उल्लेख्य सङ्ख्या रहेको छ । त्यसमा पनि नेपाल र मरिससले यसलाई सरकारी मान्यता दिएको छ ।

भारतको भोजपुरी भाषीको कोर क्षेत्रसँग सीमा जोडिएको नेपालको दक्षिणी समथर भूभागमा ठूलो सङ्ख्याले भोजपुरी बोल्छन् । तथ्याङ्कमा भन्ने हो भने नेपालका झण्डै ६ प्रतिशत नागरिकले भोजपुरी भाषा बोल्छन्, जुन यो देशमा सबैभन्दा धेरै बोलिने तेस्रो मातृभाषा हो ।

विगतमा मरिसस र भारत दुवै आफ्नो औपनिवेशिक शासन अन्तरगत रहँदा बेलायतीहरूले उत्तर भारतका धेरै मानिसलाई मरिसमा खेती गर्न लगिएका थिए । उनीहरू पछि त्यही मुलुकको हिस्सा बने । मरिसस सरकारको पहलमा सन् २०१६ डिसेम्बर १ मा युनेस्कोले भोजपुरीको गीत गाउने परम्परालाई विश्वको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसबाहेक पनि दक्षिण अमेरिकी मुलुकहरू सुरिनाम, ब्रिटिश गुयाना, ट्रिनिडाड र टोबागो र प्रशान्तीय टापू मुलुक फिजीमा पनि भोजपुरी भाषीको उल्लेख्य सङ्ख्या छ ।

भारतको संविधानमा सूचीकृत हुने लामो प्रयास

यति प्रभावशाली भाषा रहेको भोजपुरी भारतको संविधानमा आठौँ अनुसूचीमा समावेश छैन । सन् १९६० देखि यसलाई भारतको संविधानको आठौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग हुँदै आएको छ । तर माग आजसम्म पुरा भएको छैन । १८ पटक यस विषयलाई निजी सदस्य विधेयकका रूपमा भारतको संसद्मा पेस भइसक्यो तर सबै प्रयास असफल भयो ।
सन् २०१७ मा नितिश कुमार मुख्यमन्त्री रहँदा बिहार क्याबिनेटले पनि आठौँ अनुसूचीमा भोजपुरी समावेश गर्न केन्द्र सरकारलाई अनुरोध गरेको थियो । पुन सन् २०२२ मा बिहार सरकारले फेरि आफ्नो माग दोहोर्‍यायो।

त्यस्तै हाल उत्तर प्रदेशका मुख्यमन्त्री रहेका योगी आदित्यनाथले सन् २०१६ मा भाजपा सांसदका रूपमा लोकसभामा पुनः मुद्दा उठाएका थिए । योगी आदित्यनाथ उत्तर प्रदेशको दुई पटक मुख्यमन्त्री भइसकेका छन्, तर यस विषयमा उनले केन्द्रमा उनकै पार्टीलाई मनाउन सकेका छैनन् ।

पछिल्लो समय आजमगढका सांसद रहेका भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव उर्फ निरहुआले सांसदमा दिएको पहिलो भाषणमा भोजपुरी भाषालाई संविधानको आठौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग दोहोर्‍याए । तर, भोजपुरी भाषा प्रयोग गर्न नपाइने भएकाले उनको सम्पूर्ण भाषण हिन्दीमा थियो ।

संसद्को अन्त्यमा उनले ‘जय भारत जय भोजपुरी’ भन्दै भाषणको अन्त्य गरे, सांसद पदको शपथ लिएर पनि त्यही नारा लगाएका थिए । निरहुआ, नितिश कुमार र योगी आदित्यनाथका अतिरिक्त विगतमा पूर्व काँग्रेस नेताहरू र अहिले भाजपा सांसद जगदम्बिका पाल, रघुवंश प्रसाद र रविशंकर प्रसाद सबैले यो मुद्दा संसद्मा उठाएका छन् । तर पनि माग अधुरै रहेको छ ।

संविधानको आठौँ अनुसूची

भारतको संविधान बन्दा देशभित्र बोलिने १४ भाषाहरूलाई संविधानको आठौँ औँ अनुसूचीमा समावेश गरिएको थियो । सन् १९६७ मा सन्धि थपियो । सन् १९९२ मा नेपाली, कोंकणी र मणिपुरीलाई आठौँ अनुसूचीमा समावेश गरियो । पछिल्लो पटक सन् २००४ मा डोगरी, मैथिली र संथालीलाई समावेश गरिएको थियो । यो सँगै यस सूचीमा भारतभित्रका प्रमुख २२ भाषाहरू समावेश भइसकेका छन् । अझै पनि झण्डै ३८ भाषा बोल्नेहरूले तिनका भाषालाई संविधानमा सूचीकृत गर्नुपर्ने माग गरिरहेका छन्, जसमध्ये भोजपुरी पनि एक हो ।

आठौँ अनुसूचीमा भाषा समावेश गर्ने आधारहरू

केहीले भोजपुरी देवनागरी लिपीमा लेखिने र यसको अलग लिपी नभएकाले अनुसूचीमा समावेश नभएको आशङ्का गर्छन् । तर भाषाको लिपि नभएकोले आठौँ अनुसूचीमा समावेश नगर्नेलाई बलियो तर्क मानिएको छैन । देवनागरी लिपी मै लेखिने मैथिली र नेपाली पहिले आठौँ अनुसूचीमा समावेश छन् ।

भाषा धेरै बोलिने आधार मात्र अनुसूचीमा समावेश गरिन्छ भन्ने तर्क हेर्ने हो भने पनि भोजपुरीभन्दा निक्कै कम बोलिने भाषा अनुसूचीमा छन् । जस्तो केही लाखले बालिने डोगरी भाषा आठौँ अनुसूचीमा समावेश गरिएको छ। खासमा भारतको केन्द्र सरकारले देशको संविधानको आठौँ अनुसूचीमा भाषालाई समावेश गर्ने कुनै आधार बनाएको छैन ।

यसका लागि भारत सरकारले दुई पटक प्रयास पनि गरेको थियो । मापदण्ड निर्धारण गर्नको लागि सन् १९९६ मा पहिलो पटक ‘पाहवा समिति’ बनेको थियो । त्यसपछि सन् २००३ मा ‘सीताकान्त महापात्रा समिति’ गठन भएको थियो , दुवै पटक कुनै निष्कर्ष निस्किएन ।   हाल कुनै भाषालाई आठौँ अनुसूचीमा समावेश गर्ने वा नगर्ने भन्ने निर्णय भारतको गृह मन्त्रालयको जिम्मेवारी क्षेत्रमा पर्छ ।

आखिर किन समावेश गरिँदैन भोजपुरीलाई ?

भोजपुरीलाई पिछडिएको भाषा ठानेर भोजपुरीलाई ८औँ अनुसूचीमा समावेश गर्न सरकारले चासो नदिएको मान्नेहरू एक थरी छन् । दिल्ली विश्वविद्यालयका प्रोफेसर नित्यानन्द तिवारीका अनुसार भारतमा धेरैले भोजपुरी भाषी क्षेत्रलाई पिछडिएको क्षेत्र मान्ने गरेको बताउँछन् ।

भोजपुरी बोल्नेहरूको बढी घनत्व भएको विहार र उत्तर प्रदेशका क्षेत्र पूर्वाधारका हिसाबले विपन्न भएकाले त्यस क्षेत्रमा बोलिने भाषा पनि पिछडिएको हुन्छ भन्ने सोच्नेहरू रहेको तिवारीले बताए । तर भोजपुरी भाषाका विज्ञ तथा बनारस हिन्दु विश्वविद्यालयका प्राध्यापक सदानन्द शाही भने भोजपुरी लामो इतिहास भएको भाषा भएको मान्छन् ।

‘भोजपुरीको इतिहास करिब १००० वर्ष पुरानो छ । कवि गोरख पाण्डेयको कवितामा पनि भोजपुरीको शब्दहरू ध्वनिया पाइन्छ । उत्तर भारती भेगमा सन्तहरूको लामो परम्परामा भोजपुरी कविताको प्रतिध्वनिको गुञ्जन भेटिन्छ,’ शाहीले भने ।

भोजपुरीले देवनागरी लिपी लिएको आफ्नै लिपी नभएको भन्ने तथ्य पनि झुटो भएको मान्छन् प्रोफेसर सदानन्द शाही । भोजपुरी भाषाको आफ्नै लिपि थियो । यो कैथी लिपिमा लेख्ने चलन थियो, जुन आजको गुजराती भाषाको लिपिसँग मिल्दोजुल्दो थियो । तर स्वतन्त्रताको समयमा हिन्दीलाई अगाडि बढाउनका भोजपुरीलाई पनि नजिकको भाषा भनेर देवनागरीमै लेख्न थालियो । राहुल सांकृत्यायनहरुले यसमा धेरै जोड दिएपछि यो देवनागरी लिपि प्रयोग हुन थाल्यो ,’ शाहीले भने ।

यस रूपान्तरणले भोजपुरीले कठिनाइ सुरु भएको शाहीले भने । पहिलो कठिनाइ मन्दिर, गुम्बा र मठमा विगतमा कैथी लिपिमा लेखिएका भोजपुरी अब के हो भनेर खुट्याउन नसकिने भयो । यसले लामो इतिहाससँग सम्बन्ध टुटेको प्राध्यापक शाहीले दुखेसो गरे ।

अर्को बेफाइदा मूलथलोबाट बाहिर रहेका भोजपुरी भाषीलाई हिन्दी भाषाकै भाषिका बोल्ने भन्दै हिन्दीमा गन्ती गर्न थालियो । यस कुरालाई भाजपाको राजनीतिले बढवा दिन्छ । भाजपाले हिन्दी र हिन्दुत्वमा भारतको एक सूत्र खोज्ने प्रयास भोजपुरी छायामा परेको छ । शाहीका अनुसार भोजपुरी भाषा बोल्नेहरू सन् २०११ को भारतको जनगणना अनुसार ५ करोडको हाराहारी नभएर १५ करोडमाथि भएको बताउँछन् ।

८ औँ अनुसूचीमा समावेश भए के हुन्छ ?

प्राध्यापक शाहीका अनुसार औपनिवेशिक समयमा क्षेत्रीय भाषा बोल्ने र बुझ्नेलाई गरिब र पिछडिएको भनियो । भाषालाई आठौँ अनुसूचीमा समावेश गरेर ती भाषाहरू प्रयोग गर्नेहरूमा विकास भएको ‘हीनता’को भावना कम हुनेछ । त्यसबाहेक भारतको संघ लोकसेवा आयोगले लिने परीक्षामा यसलाई वैकल्पिक भाषाको रूपमा समावेश गर्ने बाटो खुल्नेछ । यति मात्र होइन, साहित्य एकेडेमीले अनुसूचित भाषामा काम गर्नेहरूको लागि पुरस्कार र विशेष प्रोत्साहन कार्यक्रमहरू लागू गर्न सक्छ । (बीबीसी हिन्दीबाट साभार गरिएको ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com