अमेरिकामा पार्कर खेलाडी दिनेश सुनारको १२औं विश्व रेकर्ड प्रयास


प्रकाशित मिति : श्रावण २९, २०७९ आईतबार

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारले १२औं गिनिज वर्ल्ड रेकर्डको प्रयास गरेका छन् । बाल्टिमोरको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो एवं फ्यामिलि मार्शल आर्टको परिसरमा सुनारले विश्व रेकर्ड प्रयास गरेका छन् ।

एक मिनेटमा सबैभन्दा धेरै फुल ट्विस्टेड बटरफ्लाइ किक विधामा गरिएको प्रयत्न पार्कर खेलको फ्रि स्टाइल अन्तर्गत पर्दछ। सुनारले एक मिनेटमा २३ पटक गर्न सफल भएका छन् । अहिलेसम्म १५ पटककोमात्र रेकर्ड रहेको छ ।

रेकर्डको आधिकारिकता लागि छिट्टै गिनिज वर्ल्ड रेकर्डमा पठाइने भएको छ । एभरेष्ट तेक्वान्दो स्कुलका संचालक तथा प्रशिक्षकहरु मास्टर कुमार कार्की र कल्पना कार्कीको अगुवाईमा कार्यक्रम भएको हो । प्रशिक्षकहरु राजु नगरकोटी, कृष्ण बलाल, राजु क्षेत्री, मेल्विन मोर्ते, उज्वल सिंह ठकुरी र नकुल शर्मा निर्णायक मण्डलमा रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल र अमेरिकाबीचको कुटनैतिक सम्बन्धको ७५ वर्षको उत्सव मनाइरहँदा अमेरिकामा रहेको नेपाली दुतावासको सहयोगमा विश्व रेकर्ड प्रयास गरिएको सुनारले बताए ।

गत महिना  सुनारले राखेको सातौं विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको थियो ।उनले जापानिजले राखेको रेकर्ड १० बर्षपछि तोडेका थिए ।   उनले गत मे ४ मा गरेको विश्व रेकर्ड प्रयासलाई गिनिज बुकले औपचारिक रुपमा गत महिना दर्ता गरेको हो । ३० सेकेण्डभित्र स्कीपिंग गर्दै उनले १४ पटक ब्याकवार्ड समरसल्ट हानेर रेकर्ड कायम गरेका थिए । यस अगाडि यो रेकर्ड १० बर्ष अगाडि जापानका डाइसुके मिमोराले कायम गरेका थिए ।

सुनारको छैठौं विश्व रेकर्ड गिनिज बुकले गत जुनमा दर्ता गरेको थियो ।  ३० सेकेण्डमा १३ पटक फुल ट्वीस्ट ब्लाक फ्लीप्स गरेर सुनारले यो रेकर्ड कायम गरेका थिए । उनले जुन १० मा ओहायोको एक्रोनमा रेकर्ड प्रयास गरेकोमा उक्त प्रयास सफल भएको थियो ।

गत बर्ष ओहायोको एक्रोनमा सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा सुनारले ‘द मोस्ट स्टाण्डिङ फूल ट्वीस्ट ब्याक समरसल्ट इन थर्टी सेकेण्ड’ शीर्षकमा विश्व रेकर्ड राखेका थिए ।

उनी ३० सेकेन्डको समयमा १२ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्न सफल भएका थिए । यस बिधामा विश्व रेकर्डका लागी ३० सेकेन्ड मा ८ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्नुपर्ने भएपनि उनले १२ पटकसम्म हानेका थिए । उनले आफ्नो पुरानो रेकर्डलाई समेत तोडेर उक्त नयाँ रेकर्ड कायम गरेका थिए ।

यसअगाडि दिनेशले सन् २०२० मा अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा नै ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा ४६० पटक ब्य्याक फ्लिप्स गरेर गिनिज बुकमा नयाँ रेकर्ड कायम गरेका थिए । यो रेकर्ड भने अष्ट्रियाका फिन पिरमिन पिल्जले १०६४ पटक गरेर तोडिसकेका छन् ।

दिनेशले पार्कर खेलमा नेपालमा तीनवटा विश्व रेकर्ड कायम गरेका थिए । उनले सन् २०१७ को जुन १ मा ३६० डिग्रीको रोटेशनमा एक मिनेटमा १८ पटक पर्खाल टेक्दै ब्य्याक फ्लिप्स गरेर पहिलो विश्व रेकर्ड कायम गरेका थिए । दोश्रो रेकर्ड १४ जनवरी २०१८ मा राखेका थिए । अर्को रेकर्ड सन् २०१९ को मार्च ११ मा कायम गरेका थिए ।

उनका  रेकर्ड प्रयास गिनिज बुकमा दर्ताको प्रकृयामा रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com