‘टानलाई अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गरेर नेपालको प्रवद्र्धन गर्न सक्ने सक्षम नेतृत्व आवश्यक’


प्रकाशित मिति : श्रावण २९, २०७९ आईतबार

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)लाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गरेर नेपालको प्रवद्र्धन गरिनुपर्नेमा व्यवसायीले जोड दिएका छन् । टानको यही साउन ३० गते हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी निलहरि बाँस्तोला समूहको परिययात्मक कार्यक्रममा बोल्ने वक्ताले अहिलेको सन्दर्भमा पर्वतीय पर्यटन व्यवसायलाई अब्बल बनाएर लैजाने सक्षम नेतृत्व आवश्यक भएको बताए ।

टान अध्यक्षका प्रत्यासी बाँस्तोलाले अग्रजले देखाएको बाटोलाई आत्मसाथ गर्दै टानलाई अन्तर्राष्ट्रिय ‘ब्राण्डिङ’ गर्न आफू प्रतिबद्धताका साथ लाग्ने बताउनुभभयो । उहाँले भन्नुभयो, “टानलाई व्यवसायीको हितमा समयसापेक्ष अघि बढाउन हामी प्रतिबद्धताका साथ दुई वर्ष काम गर्न चाहन्छौँ, टानलाई इन्टरनेश्नल ब्राण्डिङ गर्न सम्पूर्ण समय खर्चने छौँ, त्यसैले निर्वाचनमा आफ्नो समूहलाई बिजयी बनाउन अनुरोध गर्दछु ।”

पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले टानको साखलाई उचो बनाउन सक्षम र अब्बल नेतृत्व अपरिहार्य रहेको बताउनुभयो । वरिष्ठ पर्यटन व्यवसायी बिक्रम पाँडेकाजीले टानमा युवा ‘भिजनरी’ समूहलाई नेतृत्वमा लैजान व्यवसायीले सचेत भएर मतदान गर्नुपर्ने बताउनुभयो ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारी बनाउनुपर्छ भन्नुभयो । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले सरकार तथा निजी क्षेत्रको साझेदारितामा पर्यटन प्रवद्र्धनका कामलाई गति दिन व्यावसायिक नेतृत्व जरुरी भएको उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टानका पूर्वअध्यक्ष दीपक महतले टानलाई व्यवसायीको साझा संस्थाका रूपमा स्थापित गर्न जरुरी रहेको बताउनुभयो । टानका पूर्वअध्यक्ष रमेश धमलाले पर्वतीय पर्यटन व्यवसायभित्रका समस्यालाई निराकरण गर्दै व्यवसायमैत्री बताउन जरुरी छ भन्नुभयो । पर्यटन व्यवसायी कुमार थापाले व्यवसायीको भावनाअनुरुपको नेतृत्व विकासका लागि टानलाई सक्रिय बनाइनुपर्ने धारणा राख्नुभयो ।

यसैबीच अध्यक्षका प्रत्यासी कमल सापकोटा समूहले पनि उम्मेदवार परिचयात्मक कार्यक्रम गर्दै टानलाई सुदृढ र व्यवसायमैत्री बनाउन आफ्नो समूहलाई विजयी गराउन व्यवसायीमाझ अनुरोध गरेको छ । उहाँले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्ने योजना रहेको बताउनुभयो । उहाँले बोर्डलगायत तीनवटै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

यही साउन ३० गते हुने टानको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायी निलहरि बाँस्तोला, कमल सापकोटा र बोधराज भण्डारीले प्यानलसहित उम्मेदवारी दिनुभएको छ । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार आठ सय व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार दुई सय ५० मतदाता छन् ।-फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com