विश्वभरका कम्पनी साइबर हमलाको मारमा


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

विश्वभरका कम्प्युटर प्रणालीमा एउटा ठूलो साइबर हमला भएको छ जसका कारण ब्यांक, साना व्यापारी, उर्जा फर्महरु र यातायात सञ्जाल प्रभावित भएका छन्। उक्त भाइरस पहिलो पटक युक्रेनमा फेला परेको थियो र त्यहाँको सरकारी उर्जा कम्पनी साथै देशको मुख्य विमानस्थलमा समस्या देखिएका विवरण आएका थिए।

भाइरस लागेको कम्प्युटर खोल्ने वित्तिकै प्रयोगकर्ताहरुलाई पहिचान नखुलेको खातामा विद्युतीय मुद्रा बिट कोइन्सका रुपमा ३०० डलर फिरौती नतिरेसम्म उनीहरुको कम्प्युटर नखुल्ने चेतावनीमूलक सन्देश दिइएको बताइएको छ। डेनमार्कको सबैभन्दा ठूलो सिपिङ कम्पनी मर्स्क, रुसी तेल कम्पनी रोसनियेफ्ट र अमेरिकी फार्मास्युटिकल कम्पनी मर्कका कम्प्युटर प्रणाली अवरुद्ध भएका छन्।

अमेरिकी सुरक्षा निकायले उक्त हमलाको अनुगमन गरिरहेको जनाएको छ। रुसी एण्टी भाइरस फर्म क्यास्परस्की ल्याबले उसको विश्लेषणमा झण्डै २००० वटा हमला भएको र अधिकांश युक्रेन, रुस र पोल्याण्डमा भएको जनाएको छ। किएभको रेलवे प्रणालीले ग्राहकहरुका कार्डमार्फत शुल्क संकलन रोकेको छ र कैयौँ पेट्रोल स्टेशनहरुले आफ्नो कारोबार स्थगित गरेका छन्।

ब्रिटेनको विज्ञापन एजेन्सी डब्लुपीपीले आफ्नो सूचना प्रविधि प्रणालीमा पनि असर देखिएको बताएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठनले अन्य सदस्य देशहरुसँग मिलेर आफूले नजिकबाट अवस्थाको अनुगमन गरिरहेको जनाएको छ। यसअघि ‘वानाक्राई’ नामक भाइरसमार्फत दुई महिना अघि विश्वव्यापी साइबर हमला गरिएका थिए जसबाट ब्रिटेनको न्याश्नल हेल्थ सर्भिस नराम्रोसँग प्रभावित भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बीबीसीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com