दिनभरि झरीको सम्भावना : यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह


प्रकाशित मिति : असार १२, २०७९ आईतबार

मनसुन देशभर फैलिएको छ । प्रदेश–१ बाट गएको जेठ २२ गते नेपाल भित्रिएको मनसुन अहिले देशभर नै फैलिएको छ । सुदूरपश्चिममा हिजो प्रवेश गरेसँगै मनसुन देशभर फैलिएको हो ।

मनसुनि गतिविधि सक्रिय रहेकाले आज देशका धेरै ठाउँमा दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभरको मौसम बद्ली भएर धेरै ठाउँमा पानी परिरहेको छ ।

प्रदेश-१, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । भरे राति र भोलि पनि देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् भट्टराईले बताउनुभयो ।

गएरातिदेखि नै पानी परिरहेको तथा आज र भोलि पनि पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ । यतिबेला खेतीपातीको काम गर्ने समय भएकाले खोला तथा नदी आसपास जाँदा वा भिरालो जमिनबाट ओहोरदोहोर गर्दा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज र भोलि लगातारजसो पानी पर्ने भएकाले काम विशेषले मात्रै हिँड्न र साथमा छाता, रेनकोट वा घुम र प्लास्टिक बोक्न पनि सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com