मोदीको ह्वाइटहाउसमा भब्य स्वागत, सबासयकरोड भारतीयको सम्मान भएको मोदीको भनाई


प्रकाशित मिति : १२ असार २०७४, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । राष्ट्रपति ट्रम्प र फस्ट लेडी मेलानिया ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीलाई ह्वाइट हाउसमा स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र फस्ट लेडीलाई आफूलाई जसरी स्वागत गरेका छन् त्यो सबा सय करोड़ भारतीयप्रतिको सम्मान रहेको मोदीले बताएका छन् । मोदीलाई न्युयोर्क समय अनुशार दिउसो पौने ४ बजेतिर ह्वाइट हाउसमा स्वागत गरिएको हो ।

राष्ट्रपति ट्रम्पले पनि मोदीजस्त महान प्रधानमन्त्रीलाई ह्वाइट हाउसमा स्वागत गर्न पाउनु आफ्ना लागि महान आदर रहेको बताएका छन् ।

 

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com