गुल्मीको धुर्कोट गाउँपालिकाको प्राथमिकता: बीमा र विद्युतीय चुलोमा ५० प्रतिशत अनुदान र छुट


प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार

– बासुदेव पोखरेल

गुल्मीको धुर्कोट गाउँपालिकाले आगामी ५ वर्षमा जनताका हरेक घरको बीमा, विद्युतीय चुलो, प्राविधिक शिक्षाका लागि छात्रवृत्ति र असहायलाई आवासीय शिक्षा दिने काम प्राथमिकतामा राखेर सम्पन्न गर्ने भएको छ ।गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भुपाल पोखरेलले आज पदभार ग्रहण गर्दै जनजिविकासँग जोडिएका यी चार कुरालाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

जनतालाई विद्युतीय चुलोमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाउने विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने अध्यक्ष पोखरेलले बताउनु भयो ।
त्यस्तै दलित परिवारका छोराछोरीलाई एसईईपछिको ३ वर्षे प्राविधिक शिक्षामा १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति र बुबाआमा गुमाएका २० जना विद्यार्थीलाई कक्षा १२ सम्म आवासीय शिक्षा सुनिश्चित गर्ने पनि आफ्नो प्राथमिकतामा रहेको पोखरेलले बताउनु भयो ।

त्यस्तै पोखरेलले प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई राहत दिन हरेक घरको वीमा गर्न ५० प्रतिशत अनुदान दिनेकार्यलाई आफूले प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने पनि आफ्नो प्राथमिकताको विषय रहेको बताउनु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com