सल्यानको कुमाख-१ मा माओवादीको प्यानलै विजयी


प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार

सल्यानको कुमाख गाउँपालिका–१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरे ।

महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com