स्थलमार्गबाट अमेरिका आउनु अगाडि नै आई ९४ फर्म भर्न सीबीपीको सुझाव


प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार

अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले स्थलमार्गबाट अमेरिका आउनेहरुलाई अमेरिकाको सिमाक्षेत्रमा आउनु अगाडि नै आई ९४ फर्म भर्न सुझाव दिएको छ । अमेरिका र क्यानडाको सिमाक्षेत्रबाट अमेरिका आउनेलाई पहिले नै आई ९४ भर्न र अनलाइनबाट शुल्क तिर्न सुझाव दिइएको हो ।

पोर्ट अफ इन्ट्रीमा समय बचत गर्नका लागि घरमा नै यो फर्म भरेर आउन प्रोत्साहन गरिएको हो । आई ९४ आवश्यक पर्ने यात्रुहरुलाई सिमाक्षेत्रमा प्रतिक्षा अवधि घटाउनका लागि सीबीपीले यो सुझाव दिएको हो ।

 

स्थलमार्गबाट अमेरिका आउँदै हुनुहुन्छ भने आई ९४ फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी नागरिक, ग्रिनकार्डवाहक, अमेरिकाका बासिन्दा, अमेरिका भ्रमण गर्ने वा ट्रान्जिट बनाउने अधिकांश क्यानडाका नागरिक बाहेक प्राय सबै अमेरिका आउनेहरुका लागि स्थलमार्गबाट आउँदा आई ९४ फर्म आवश्यक हुन्छ । सिमानाकाबाट अमेरिका प्रवेश गर्दा यात्रुहरुलाई सीबीपीले आई ९४ फर्म जारी गर्छ ।

सीबीपीले यात्रुहरुलाई नयाँ डिजाइन गरिएको वेवसाइट हेर्न, विहान ६ बजे अगाडि वा दिउसो ३ बजेपछि सिमाक्षेत्रमा आउन, कागजातहरु तयारी अवस्थामा राख्न, गाडीमा भएका सबै सामानबारे जानकारी दिन तयार रहन, कस्ता खाद्य पदार्थ ल्याउन पाइन्छ भन्नेबारे जानकारी राख्न, हतियार भएको खण्डमा घोषणा गर्न र गाँजा घरमै राखेर आउन समेत टिप्सहरु दिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com