अमेरिकामा अप्रिल १८ भित्र ट्याक्स फाइल गर्न नसकेमा के गर्ने ?


प्रकाशित मिति : बैशाख ५, २०७९ सोमबार

अमेरिकामा यो बर्ष ट्याक्स फाइल गर्ने अन्तिम दिनका रुपमा अप्रिल १८ लाई तोकिएको छ । सामान्यतया अप्रिल १५ सम्म ट्याक्स फाइल गरिसक्नुपर्ने भएतापनि यो बर्ष अप्रिल १८ सोमबारसम्मको डेडलाइन तोकिएको हो ।

अप्रिल १८ भित्र ट्याक्स फाइल गर्न नसक्ने करदाताहरुले अक्टोबर १७ सम्म फाइल गर्नेगरी अवधि थपका लागि अनुरोध समेत गर्न सक्छन् । ट्याक्स फाइलका लागि अवधि थप्दा ट्याक्स तिर्नुपर्नेहरुका लागि कर तिर्ने अवधि भने थप हुँदैन । त्यसैले ट्याक्स तिर्नुपर्नेहरुले अनुमानित ट्याक्स डेडलाइनभन्दा अगाडि नै तिर्नुपर्छ ।

फर्म ४८६८ को कागजी भर्सन हुलाकमार्फत पठाएर ट्याक्स फाइलको अवधि थप गर्न सकिन्छ । यदि तपाईले ट्याक्स तिर्नुपर्ने छ भने उक्त रकमको चेक वा मनी अर्डर पनि पठाउनुपर्छ । तर हुलाकबाट पठाउँदा अप्रिल १८ वा सो भन्दा अगाडि नै पोष्टमार्क हुन जरुरी छ ।

त्यस्तै कागजी फर्म नभरिकनै पनि फाइल गर्ने अवधि लम्बाउन सकिन्छ । तर त्यसका लागि तपाईले तिर्नुपर्ने ट्याक्सको हिस्सा तीनवटा मध्ये एउटा अनलाइन प्रणालीबाट तिर्नुपर्छ । तपाई डाइरेक्ट पे, विद्युतीय संघीय कर तिर्ने प्रणाली वा क्रेडिट तथा डेबिट कार्डबाट निर्त सक्नुहुनेछ । यसरी तिरेपछि तपाईको ट्याक्स फाइल गर्ने अवधि स्वत लम्बिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै निशुल्क ट्याक्स फाइल गर्ने प्रणालीबाट पनि फर्म ४८६८ पठाउन सकिन्छ । तर आफूले तिर्नुपर्ने रकम भने हुलाकबाट मनी अर्डर वा चेकमार्फत पठाउनुपर्छ । त्यसरी रकम पठाउँदा भरिएको ४८६८ लाई भौचरका रुपमा प्रिन्ट गरेर चेकसँगै राखेर पठाउनुपर्छ ।

यदि तपाईले अहिले तिर्नुपर्ने ट्याक्सको रकम तिर्न सक्नुहुन्न भने पनि फर्म ४८६८ फाइल गर्नुपर्छ । त्यसपछि कसरी ट्याक्स रकम तिर्ने भन्नेबारे विकल्प छनौट गर्न सक्नुहुनेछ ।

विदेशमा काम गर्ने र बस्ने अमेरिकन करदाताहरुका लागि भने ट्याक्स फाइल गर्ने समय अझै पनि बाँकी छ । उनीहरुले जुन १५ भित्र ट्याक्स फाइल गरिसक्नुपर्ने प्रावधान रहेको छ । त्यस्तै कोलोराडो र पोर्तोरिकोमा प्राकृतिक बिपत्तिबाट प्रभावितहरुले १६ मे र १५ जुनभित्र ट्याक्स फाइल गर्न सक्नेछन् ।

सामान्यतया १२ हजार ५ सय ५० डलरभन्दा कम आम्दानी भएकाले अमेरिकामा ट्याक्स फाइल गर्न अनिवार्य छैन । तर विज्ञहरुले विभिन्न खालका क्रेडिटहरु प्राप्त गर्नका लागि उनीहरुलाई पनि ट्याक्स फाइल गर्न सुझाव दिएका छन् ।

पहिलो कुरा १२ हजार ५ सय ५० डलर भन्दा कम आम्दानी भएका एकल र २५ हजार १ सय भन्दा कम आम्दानी भएका संयुक्त फाइल गर्ने दम्पत्तिले कर तिर्नु नपर्ने भएकाले ट्याक्स फाइल गर्न अनिवार्य नभएपनि उनीहरुले ट्याक्स फाइल गरेमा आईआरएसबाट रिफण्ड पाउनसक्ने हुनसक्छ । खासगरी घरमा बच्चाबच्ची वा आश्रित भएकाहरुले ठूलो रकम रिफण्ड प्राप्त गर्न सक्छन् ।

घरमा बालबालिका भएकाहरुले अर्नड इन्कम ट्याक्स क्रेडिटवापत ६ हजार ७ सय २८ डलरसम्म रिफण्डयुक्त क्रेडिट पाउनसक्छन् । त्यस्तै एकल व्यक्तिले पनि १५ सय २ डलरसम्म अर्नड इन्कम ट्याक्स क्रेडिट प्राप्त गर्न सक्छन् ।

त्यस्तै चाइल्ड ट्याक्स क्रेडिट वापत एउटा बच्चाको ३६ सय डलरसम्म पाउनसक्ने व्यवस्था यसपटक रहेको छ । बार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी भएका एकल करदाता र १ लाख ५० हजारभन्दा कम आम्दानी भएका संयुक्त फाइल गर्ने दम्पत्तिले यो क्रेडिट पाउन सक्छन् ।

कतिपयले कोरोना महामारीको बेलामा राहत चेक नपाएका हुनसक्छन् । उनीहरुले पनि कर फाइल गर्दा यो चेक दावी गर्न सक्छन् । सन् २०२१ मा १४ सयको राहत चेक नपाएकाहरुले यसपटक कर फाइल गर्दा उक्त रकम दावी गर्न सक्छन् ।

त्यस्तै घरमा बच्चा वा आश्रितहरु भएकाहरुले चाइल्ड वा डिपेण्डेण्ट केयर क्रेडिट पनि पाउन सक्छन् । सन् २०२१ का लागि यो क्रेडिट पनि रिफण्डयुक्त रहेको छ । यसर्थ यसपटक ट्याक्स फाइल गर्नेले रिफण्डका रुपमा यो रकम पाउन सक्छन् । बच्चा वा आश्रितको हेरचाहका लागि रकम तिरेका र आफूले बाहिर काम गरेकाले यो क्रेडिट पाउनसक्छन् ।

त्यस्तै अमेरिकन अपर्चुनिटी ट्याक्स क्रेडिट वापत २५ सय डलरसम्म कलेजको योग्य खर्च कभर हुन्छ । त्यस्तै यो क्रेडिट पावत १ हजार डलरसम्म रिफण्ड पाउन सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com