अमेरिकामा नेपाली उत्पादन अब मोबाइल एपबाटै अर्डर गर्न सकिने


प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार

अमेरिकामा नेपाली उत्पादनहरु अब मोबाइल एप्लीकेशनबाटै अर्डर गर्न सकिने भएको छ । मल्को अनलाइन स्टोरले नेपाली अमेरिकनहरु र नेपाली उत्पादनमा रुचि राख्नेहरुका लागि  मोबाइल एप्लीकेशनको सुरुवात गरेको हो ।

टेक्सास लुईशभिलको म्युजिक सिटी मल भित्र स्थानीय आउटलेट रहेको अनलाइन स्टोरमा दैनिक वा विशेष अवसरका लागि प्रयोग गर्न सकिने विभिन्न प्रकारका नेपाली उत्पादनहरू रहेका छन् । मल्कोले आफ्नो वेबसाइट मार्फत २०२० मा महामारी सुरु भएदेखि नै आफ्ना लक्षित ग्राहकहरूलाई उत्कृष्ट नेपाली उत्पादनहरू प्रदान गर्दै आएको जनाएको छ।

मलकोमा नेपालका टप ब्रांड प्याकेज्ड नेपाली चाउचाउ, चिउरा, अचार, मरमसला, स्नैक्सका साथै नेपाली भाडा, पूजा समाग्री, र सिजनल तथा परम्परागत नेपाली पोशाक उपलब्ध रहेका छन् ।

मल्को मोबाइल एप मार्फत आजको व्यस्त जीवनमा समय र पैसाको बचत गर्दै एउटै एपबाट विभिन्न प्रकारका नेपाली उत्पादनहरू अर्डर गर्नका साथसाथै अर्डर ट्रैकिंग गर्न अझै सजिलो हुने मल्कोका सीईओ प्रतीक सुवेदीले जानकारी दिए । मल्कोले अमेरिकामा रहेका नेपाल र नेपालीबीचको दुरीलाई अमेरीकाको हरेक कुनामा नेपाली समानको पहुँचले घटाएको उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मल्को अनलाइन स्टोरमा १२ सय भन्दा बढी प्रामाणिक नेपाली उत्पादन र किराना सामानहरू उपलब्ध छन् । मल्को एप मार्फत ६९ डलर भन्दा माथिको अर्डरमा निस्शुल्क ढुवानी र डेलिभरीको सुबिधा छ ।

मल्कोमा परम्परागत नेपाली विवाहका लागि हिन्दू र बौद्ध रितिरिवाजका वस्तुहरूको साथसाथै विवाहका सामानहरू पनि किन्न सकिन्छ । ग्राहकको ढुवानी क्षेत्रको आधारमा, मल्कोले १ देखि ५ दिनभित्र अर्डरहरू पूरा गर्ने दावी गरिएको छ ।

आईफोनमा एप्लीकेशन डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोला ।

एन्ड्रोइडमा एप्लीकेशन डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com