माटोका सवाँ लाख शिवलिङ्ग बनाउँदै महिला


प्रकाशित मिति : फाल्गुन ५, २०७८ बिहीबार

 

पेमा लामा/काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा पुगेका महिलाले शिवलिङ्ग बनाउने काम गरिरहेका छन् ।

दुई साता अगाडिदेखि बनाउन सुरु गरेको काम अहिले पनि इन्द्रेश्वर मन्दिर परिसरमा चलिरहेको छ । दैनिक पाँच/सात जनादेखि २०/२५ जनासम्मको उपस्थितिमा बनाइरहेको शिवलिङ्ग सवाँ लाख पु-याउने गरी काम भइरहेको आयोजकले जनाएको छ ।

एकसय आठ फिट अग्लो त्रिशूल निर्माण मूल समारोह समिति पनौती–११, ओमकार टेलिभिजन र पनौती नगरपालिका वडा नं ११ वडा कार्यालयको संयुक्त आयोजनामा सवाँ लाख शिवलिङ्ग बनाएर पनौती नगरपालिका–११ बल्थलीको लड्केश्वमा निर्माण हुन लागेको १०८ फिट अग्लो त्रिशूल निर्माणस्थलमा लगेर पूजाअर्चना गरी नदीमा सेलाउने अभियानअनुसार सो शिवलिङ्ग बनाइरहेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लेड्केश्वर महादेवमा १०८ फिट अग्लो त्रिशूल निर्माण भइरहेको र सो त्रिशूल उद्घाटनसत्रमा शिवलिङ्ग लगेर सेलाउने गरी बनाइरहेको १०८ फिट अग्लो त्रिशूल निर्माण मूल समारोह समिति पनौती–११ का सहसचिव रामेश्वर आचार्यले बताउनुभयो ।

धार्मिक मान्यताअनुसार स्वर्गका राजा इन्द्रले आफूमा श्राप परेपछि सो श्राप मोचन गर्नका लागि पनौतीको त्रिवेणी घाटमा नुहाएर अहिलेको इन्द्रेश्वर मन्दिर भएको ठाउँमा पार्थिक शिवलिङ्ग निर्माण गरेर भोलेनाथको आह्वान गरेपछि १२ वर्षसम्म पूजा गरेर सो शिवलिङ्गबाट साक्षत भगवान शिवजी प्रकट भएर इन्द्रको सबै पाप नाश गरिदिएको विश्वास छ ।

सोही कथनअनुसार लड्केश्वर महादेवमा विश्वको नै अग्लो त्रिशूल निर्माण गरिरहेको हुनाले सो अवसरलाई मध्यनजर गर्दै सवा लाख शिवलिङ्ग बनारहेको र सो शिवलिङ्ग आगामी महाशिवरात्रिको दिन सो त्रिशूलको उद्घाटनका अवसरमा अहिले बनाएका सो शिवलिङ्ग लगेर पूजाअर्चना गरि नदीमा सेलाउने योजनाअनुरुप अहिले काम भइरहेको आचार्यले बताउनुभयो ।

सो अभियानमा त्रिवेणी घाट मन्दिर परिसरमा दर्शन गर्न जानेले शिवलिङ्ग बनाउने गरेको छ । भक्तपुरबाट मेसिनले पेलेर पोको बनाएर ल्याएको कालोमाटोलाई मन्दिर परिसरमा लगेर सो शिवलिङ्ग बनाउने गरेको आयोजकले जनाएको छ । त्यहाँ पुगेका महिलाले परिवारको कल्याणका लागि निर्माण गरेको शिवलिङ्ग बनाएर राख्ने गरेको उहाँले बताउनुभयो । तोकेको सवाँ लाख शिवलिङ्ग बनाइसकेपछि त्यसलाई पूजा, भजन र कीर्तन गरेर गाडीमा हालेर लड्केश्वर लाग्ने मूल समारोह समितिका सहसचिव आचार्यले बताउनुभयो ।

समितिले लड्केश्वरमा त्रिशूल निर्माणसँगै मन्दिर र भवन निर्माण गर्ने काममा जुटिरहेको जनाएको छ । “आजभन्दा १८ वर्ष अगाडि प्यूठानको स्वर्गद्वारीका बाबा लोकनाथ कश्यपले लड्केश्वरमा त्रिशूल निर्माण गर्ने भनेर अभियान चलाए पनि सो काम पूरा हुन सकेको थिएन”, आचार्यले भन्नुभयो, “त्यसपछि अहिले ओमकार टेलिभिजनले अभियान सञ्चालन गरेर सफल पार्ने चरणमा लागेपछि त्यसको काम निरन्तर भइरहेको छ ।”-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com