घरेलु हिंसामा परेकी ७३ वर्षीया वृद्धाको उद्धार


प्रकाशित मिति : माघ २६, २०७८ बुधबार

घरेलु हिंसामा पर्नुभएकी तनहुँकी एक वृद्धाको उद्धार गरिएको छ ।  घरेलु हिंसामा पर्नुभएकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मीनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ ।

छोरा विक्रम गन्धर्वले मङ्गलबार साँझ घरमै मरणासन्न हुनेगरी कुटपिट गरेपछि इन्सेक अभियानसँग आबद्ध मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेको पहलमा वृद्धाको उद्धार गरी उपचार थालिएको हो ।

गैह्रेले नै ती वृद्धालाई उद्धार गरी बुधबार स्वास्थ्यचौकी पु-याउनुभएको छ । गैह्रेसहितका स्थानीय बासिन्दाले बुधबार इलाका प्रहरी कार्यालय नारेश्वरटारमा गई कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै उजुरीसमेत दिएका छन् ।

प्रहरीले आमालाई कुटपिट गर्ने छोरालाई पक्राउ गरी दैनिकी हाजिरीमा रिहा गरेको छ । पीडितको टाउको, ढाँड र खुट्टामा चोट लागेको छ । भानु आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले घाइतेको उपचार गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आमालाई निर्घात कुटपिट गर्ने विक्रमलाई कारवाहीको माग गर्दै वडा नं १ की वडा सदस्य मिठु गन्धर्व, मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेलगायतले इलाका प्रहरी कार्यालय नारेश्वरटारमा उजुरी दिएका छन् ।

प्रहरीले भने विक्रम छारे रोगी भएको भन्दै दैनिक तारेखमा आउने गरी रिहा गरेको छ । इलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रकाश भुसालले छारे रोगी भएका कारण हिरासतमा राख्न समस्या भएकाले दैनिक तारेखमा राखिएको बताउनुभयो ।

यसैबीच घाइते वृद्धाको थप उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तर्फबाट रु पाँच हजार उपलब्ध गराइएको छ । इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले भानु आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर घाइते वृद्धालाई उक्त रकम उपलब्ध गराउनुभएको हो ।

सो अवसरमा इन्सेक प्रतिनिधि भट्टराईले घाइतेको अवस्थाका बारेमा जानकारी लिई अभियुक्तलाई कानूनी कारवाहीका बारेमा इलाका प्रहरी कार्यालय भानुका प्रमुख भुसालसँग जानकारीसमेत लिनुभयो ।- RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com