भ्रष्टाचारको आरोपमा बुल्गेरियाका २३ जना पक्राउ


प्रकाशित मिति : असार १, २०७४ बिहीबार

बुल्गेरियाको भन्सार कार्यालयका अधिकृत र व्यापारीहरू गरी २३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बुल्गेरियाको ग्रिससँगको सिमानामा रहेको मुख्य जाँच चौकीमा उनीहरू पक्राउ परेका छन् ।

सीमा क्षेत्रमा पर्ने कुलाताबाट कुनै चेकजाँच विना नै ट्रकपार गराएपछि उनीहरूविरुद्ध अनुसन्धान गरिएको बताइएको छ ।

प्रहरीले कुलाता र सोफियामा रहेका ८३ वटा भन्सार कार्यालय र यातायात कार्यालयमा छापा मारेको थियो । घटनास्थलबाट प्रहरीले ६३ हजार लेभा अर्थात ३६ हजार अमेरिकी डलर बराबरको नगद पनि बरामद गरेको एक जना सरकारी प्रवक्ता रुमिना अर्नाऔडोभाले जानकारी दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुल्गेरिया सरकारी अधिकारीहरू नै लामो समयदेखि सीमा क्षेत्रमा मानव बेचबिखन, राजस्व छलीलगायतका अवैधानिक कार्यमा संलग्न हुँदै आएको पाइएको छ । एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com