लण्डन आगलागी : मृतक १२ जना, ७० घाइते, १८ को अवस्था गम्भिर


प्रकाशित मिति : असार १, २०७४ बिहीबार

पश्चिमी लण्डनको एक बहुतले भवनमा लागेको आगोमा परि मारिनेको संख्या १२ पुगेको छ। प्रहरीले अझै त्यो संख्या बढ्न सक्ने बताएको छ। सत्तरीभन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।

तीमध्ये १८ जना गम्भीर अवस्थामा छन्। उत्तरी केन्जींगटनको ग्रेनफेल टावरबाट अग्नि नियन्त्रकहरुले ६५ जनाको उद्धार गरेका छन्। प्रत्यक्षदर्शीहरुले मानिसहरु त्यहाँ फसिरहेको र कतिपयले ज्यान जोगाउने प्रयासमा झ्यालबाट हाम फालेको बताएका छन्।

प्रधानमन्त्री टरिजा मे ले उक्त आगलागीबारे पूर्ण छानविन हुने र कुनै पाठ सिक्नुपर्ने देखियो भने त्यो सिकिने बताएकी छन्।आधा रातमा आगलागी हुँदा उक्त भवनमा सयौं मानिस रहेको हुन सक्ने बताइन्छ।

चौबिस तले सो भवनमा १२७ वटा फ्ल्याट थिए। सन् २०१६ मा त्यहाँ मर्मत सम्भार गरिएको थियो। सो घटनापश्चात ब्रिटेनमा अब हालै मर्मत सम्भार भएका त्यस्ता भवनहरुमा सुरक्षा जाँच गरिने भएको छ। उक्त आगलागीबाट बच्न सफल कतिपयले भवनको बाहिरी संरचना वरपर लगाइएको क्ल्याडिङ्गका कारण आगो चाँडो फैलिएको हुन सक्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com