‘जनगणना सङ्कलनका लागि लिएका विधि र सिद्धान्त सही छैनन्’


प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार

प्रतिनिधिसभा, अर्थ समितिमा भर्खरै सम्पन्न १२ औँ राष्ट्रिय जनगणनामा सङ्कलन भएको तथ्याङ्कको आधिकारिकतामाथि प्रश्न उठाइएको छ ।

समितिको आजको बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनगणना सङ्कलनका लागि लिइएको विधि र सिद्धान्त नै ठीक नभएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रश्न गुणस्तरीय भए उत्तर पनि गुणस्तरीय आउँछ, अनुसन्धान विधिमा क्वालिटी प्रश्नले क्वालिटीकै उत्तर खोज्छ, प्रश्न कस्तो बनाइन्छ त्यसअनुसारको उत्तरको पूर्वानुमान गर्न सकिन्छ ।”

कृषि उत्पादनमा कर नलाग्ने भएकाले धेरैले आयस्रोत कृषक देखाउने गरेको घटना सुनाउँदै पाण्डेले २० कुखुरा पाल्नेलाई कृषक मान्न सकिन्छ र भनी प्रश्न गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो जनगणनाले ६८ प्रतिशत कृषिमा आश्रित रहेको देखाएको छ त्यो नै गलत भएको टिप्पणी गर्दै उहाँले १० वर्षयता जमिनको बिक्री खेतीका लागि नभई मुनाफा र घडेरी कारोबारका लागि हुँदैआएको बताउनुभयो ।

समितिका सभापति कृष्णप्रसाद दाहालले वर्षमा १० महिना बस्ने स्थानमा होइन दुई महिना बस्ने स्थानमा मतगणना गर्ने पद्धतिमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै सरकार र विभागको तथ्याङ्कबीच नै कसरी एकरुपता हुन सकेन भनी जिज्ञासा राख्नुभयो । समितिका सचिव डा सुरेन्द्र अर्यालले संसदीय समिति सदस्यबाटै जनगणनाको विश्वासनीयतामाथि प्रश्न उठाएको अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय सांसदबाटै तथ्याङ्क लिन छुटेको भन्ने कुरा आएपछि विश्वासनीयताको प्रश्न उठेको हो । आगामी १० वर्षसम्म मुलुकका योजना यही तथ्याङ्कका आधारमा तयार गरिने हुँदा राज्यको ढुकुटी सही सदुपयोग हुन सक्छ कि सक्दैन भनी प्रश्न उब्जन दिन हुन्न ।”

तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले कोभिड–१९ को महामारीको असहज अवस्थामा पनि इमान्दार र लगनशील भएर समयमै सम्पन्न गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले प्रारम्भिक मोटामोटी तथ्याङ्क सार्जजनिक गरिएको हो, पूर्ण र विस्तृत होइन, मसिनोसँग केलाएर पछि ल्याइनेछ, सत्यको नजिक पुग्ने प्रयास भएको छ, गणनामा प्रश्नावलीको भार धेरै भएकाले केही अलमलजस्तो परेको हो ।” पछिल्लो जनगणनाका विषयमा अनेकौँ प्रश्न उठेपछि समितिले विभागका महानिर्देशक, पदाधिकारीलगायतलाई बोलाएर छलफल गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com