उपत्यकाबाट ठूलो परिमाणको लागुऔषध बरामद, पाँच पक्राउ


प्रकाशित मिति : माघ १७, २०७८ सोमबार

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागबाट खटिएको टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरेको खोजतालासका क्रममा २४ हजार ८०० बढी क्याप्सुल नियन्त्रित औषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ सिफल बस्ने रामेछापका २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौँ गोकर्णेश्वर बस्ने बझाङका २९ वर्षीय उमेशकुमार केसी, काठमाडौँ चावहिलस्थित कल्याणकारी मेडिकल हलका सञ्चालक सङ्खुवासभाका ३० वर्षीय पेम्वा शेर्पा, नुवाकोटका ३४ वर्षीय राजाराम दवाडी र काठमाडौँ टोखा बस्ने लमजुङका ३८ वर्षीय बद्रिनाथ पौडेल छन् ।

प्रहरीले निमाबाट ११५ ट्याब्लेट ट्रामाडोल र उमेशकुमारबाट २० हजार ७०० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । साथै पेम्वा शेर्पाबाट २९० ट्याब्लेट लोबाजाम, १५३ ट्याब्लेट लोरी, १०० ट्याब्लेट निट्रेस्ट, ९० ट्याब्लेट जोलियुम, २७५ ट्याब्लेट कोडोट्याब, ३९० ट्याब्लेट क्लोजिप क्लोजिप, १४ ट्याब्लेट क्लोप्रियुम, ५१८ ट्याब्लेट पाज, २८५ ट्याब्लेट क्लोनाज, ३० ट्याब्लेट स्टागन र ५० ट्याब्लेट कोफटाब बरामद भएको छ ।

राजारामबाट बा ११ च १०१४ नम्बरको भ्यानमा ल्याएको १८० ट्याब्लेट लेभोनोरजेस्ट्रेल, ९० ट्याब्लेट अन्वान्टेड लेभोनोरजेस्ट्रेल, ८५० थान सफ्टजेल क्याप्सुल, ६७२ ट्याब्लेट बर्थ स्पेसिङ पिल्स, ३० वटा ल्याबोडर्म, १८४ ट्याब्लेट जेनेग्रा, १६० ट्याब्लेट जेनेग्रा रेड र ९० ट्याब्लेट प्रेगौट किक तथा बद्रिनाथ पौडेलबाट नगद १ लाख ४० हजार रुपैयाँ बरामद भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपत्यकामा नियन्त्रित लागुऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो तथा औषधि व्यवस्था विभागबाट खटिएको संयुक्त टोलीले उनीलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।

बरामद औषधि, सवारीसाधन र नगदसहित उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि औषधि व्यवस्था विभाग पठाइएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com