दक्षिण अफ्रिकाबाट विमानको ल्याण्डिङ गियरमा लुकेर नेदरल्याण्ड्स आए केन्याका २२ बर्षका युवा


प्रकाशित मिति : माघ १०, २०७८ सोमबार

दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको ल्याण्डिङ गियरमा लुकेर एकजना व्यक्ति नेदरल्याण्डस आएका छन् । २२ बर्षका केन्याका नागरिकलाई डच प्रहरीले आम्स्टर्डममा रहेको स्किपोल विमानस्थलमा जीवितै फेला पारेको हो ।

जोहानेसबर्गबाट आम्स्टर्डम आउन उडानमा ११ घण्टा लाग्ने भएपनि कार्गो विमान केन्याको राजधानी नैरोबी र  जिम्बाबेको हरारेमा  रोकिएको जनाइएको छ। लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ।

आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुन्छ।  विमानको नोज ह्वील भएको भागमा जीवित फेला परेका उनलाई स्थिर अवस्थामै अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत नोभेम्बरमा  ग्वाटेमालाबाट विमानको ल्याण्डिङ गियरमा लुकेर अमेरिकाको मायामी विमानस्थलमा आएका एकजना २६ बर्षका युवालाई अधिकारीहरुले नियन्त्रणमा लिएका थिए।  अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीका अधिकारीहरुले ती युवालाई  मायामी विमानस्थलबाट नियन्त्रणमा लिएका थिए। । ग्वाटेमालादेखि मायामीको उडान अवधि झण्डै साढे २ घण्टा रहेको छ ।

 

स्थानीय कानून व्यवसायी समन गोन्जालेजले आफूले अमेरिकामा अध्यागमन कानूनको अभ्यास गर्न थालेको १८ बर्षमा यस्तो घटना पहिलोपटक देखेको बताएका थिए। यस्तो जोखिमका बीचपनि सकुशल अमेरिका आउन सफल भएको यो घटनालाई चमत्कार भनिएको थियो।

विमानको ल्याण्डिङ गियरमा लुकेर आउने कैयन आप्रवासीको बीचमा खसेर मृत्यु समेत हुने गरेको छ । कतिपयको चिसोका कारण समेत मृत्यु भएका कैयन घटना रहेका छन् ।

केही बर्ष अगाडि विमानको ल्याण्डिङ गियरमा लुकेर यात्रा गरेका एकजना केन्याका नागरिकको शब लण्डनको आकाशमा उडिरहेको विमानको ल्याण्डिङ गियरबाट भुईमा खसेको थियो । लण्डनको हिथ्रो विमानस्थलमा अवतरण हुँदै गरेको केन्या एयरलाइन्सको विमानबाट उक्त शव खसेको थियो । पछि विमानमा चेक गर्दा ल्याण्डिङ गियरमा उक्त व्यक्तिले राखेको खाना र पानी समेत भेटिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com