सात वर्षदेखि होटल रेष्टुरेन्टमा जान्थ्यो गुणस्तरहीन मह


प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार

काठमाडौँमै एक व्यक्तिले श्रीमतीको नाममा उद्योग दर्ता गरी खान अयोग्य (गुणस्तरहीन मह) बनाएर विक्री गर्ने गरेको खुलेको छ । ती व्यक्तिले विगत सात वर्षदेखि नै यसरी खान अयोग्य मह खुवाउँदै आएको फेला परेको छ । उनले विशेषगरी होटल रेष्टुरेन्टमा उक्त मह पठाउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

मिसावट गरी गुणस्तरहीन मह उत्पादन तथा बिक्री गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२७ ज्याठा बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ का नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको साथबाट गुणस्तरतहीन तयारी मह ६०० किलो, मह बनाउन प्रयोग गरिने कच्चा छ हजार ५०० किलो, ग्लुकोज ५०० किलो, चिनी १०० किलो, एक/एक थान तौल मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभल र एक हजार पिस जार बरामद गरिएको छ ।

उनले काठमाडौँ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेन्टमा थोक तथा खुद्रा बिक्री वितरण गर्ने गरेको पाइएको छ । मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गर्ने गरेका थिए ।

गुणस्तरहीन मह बनाइ प्रतिकेजी रु ६५० मा बिक्री गर्ने गरेको पाइएको महाशाखाले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा महमा न्यूनतम मापदण्डअनुसारको नरहेको र खान योग्यसमेत नरहेको पाइएको छ । उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com