अब  इलाममा तपाईलाई  इलामले चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ


प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार

इलाम बजार आउँदै हुनुहुन्छ रु आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ । चियाको बोटबाट चिया टिपेर थुन्सेमा लगाउँदै गरेको झैँ देखिने मूर्ति यहाँको पहिचान भएको नगरपालिकाले जनाएको छ ।

मूर्तिलाई सदरमुकामस्थित इलामचोकमा राखिएको छ । झापा हुँदै मेची राजमार्ग भएर आउने पाहुनालाई लक्षित गरेर निर्माण गरिएको मूर्ति जिल्लाको संस्कृतिको प्रवद्र्धन काशेढुङ्गाका रुपमा काम गर्ने जनाइएको छ । अढाइ सय किलोको सो मूर्ति चर्चित मूर्तिकार विष्णु श्रेष्ठले बनाउनुभएको हो । जिल्लामा चिया बगान स्थापना गर्ने गजराज सिंह थापा र शङ्खधर साँख्वाको मूर्तिसमेत उहाँले नै निर्माण गर्नु भएको बताइएको छ ।

विक्रम सम्बत १९२० मा इलामका बडाहाकिम गजराज सिंह थापाले चिया रोपन सुरु गर्नुभएको इतिहास छ । विसं १९३५ मा बगान रहेको स्थानमा इलाम चिया कारखाना स्थापना गरिएको थियो । इलाम नगरपालिका–७ मा रहेको नेपालको पुरानो चिया बगान र चिया कारखानामा काम गर्ने मजदूरको सम्मानमा इलाम नगरपालिकाले महिला चिया मजदूरको मूर्ति स्थापना गरेको जनाएको छ ।

श्रम र श्रमजीवी व्यक्ति समाजका निमार्णकता, समृद्धिका सम्वाहक भएकाले उनीहरुको माध्यमबाट मात्रै यो ठाउँलाई समृद्ध बनाउन सकिने इलाम नगर प्रमुख महेश बस्नेतको भनाइ छ । मजदूरको जीवनस्तर उकास्न र उनीहरुको काममा समेत प्रतिष्ठा बढाउन सरकार लाग्नुपर्ने भन्ने सन्देशका साथ मजदूरको मूर्ति चोकमा स्थापना गरिएको इलाम – ७ का वडाध्यक्ष नरेश श्रेष्ठको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले गणतन्त्र केवल शब्दमा मात्रै नभइ व्यवहारमा पनि आएको जनाउँदै तत्कालीन राजाको शालिक रहने स्थानमा चिया मजदूरको सालिक निमार्ण गर्न सकिएको बताउनुभयो । यस सालिक भएको स्थानमा पहिला राजाको सालिक थियो । गणतन्त्र घोषणापछि सालिक हटाइएको थियो ।

इलाम नगरको सौन्दर्यीकरण बढाउन नगरपालिकाले विभिन्न राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेको छ । विभिन्न चोक तथा घुम्तीमा मूर्ति निर्माण गरिएको छ । कला र संस्कृति गजेर्ना गर्दै अरुलाई पनि प्रेरणा मिलोस भन्ने उद्देश्यले बजारका विभिन्न स्थानमा मूर्ति र प्रतिमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ । नगरको सौन्दर्यीकरणका लागि देशका ख्यातिप्राप्त व्यक्तित्वको सालिक स्थापनामा जोड दिइएको नगर प्रमुख महेश बस्नेत जानकारी दिनुभयो ।

नगरका विभिन्न स्थानमा दर्जनौं मूर्ति यहाँ राखिएको छ । यी मूर्तिहरुले जिल्लाको गौरव बढाएको यहाँ आउने पर्यटकले बताएका छन् । धेरैले पछिल्लो समय इलामलाई मूर्तिको सहर समेत भनेर भन्न थालेका छन् । नगरले पुरानो इलाम दरबारमा स्थापना गरिएको अरनिको सङ्ग्रहालयमा अरनिकोको सालिक राखेको छ ।

यहाँ संस्कृति झल्काउने पञ्चैबाजा बजाएको मूर्तिसमेत राखिएका छन् । साहित्यकार पारिजात, हाँस्य व्यङ्ग्यकार विष्णु नवीन, महानन्द सापकोटाको सालिक अलगअलग स्थानमा स्थापना गरिएको छ । त्यस्तै इलाम चियाबारीमा जातजातीको पोशाक झल्किने मूर्ति समेत राखिएको छ । मुर्ति स्थापना कार्यले ऐतिहासिक संस्मरण र विभिन्न व्यक्तित्वको सम्झना मात्र होइन पर्यटन, कला संस्कृतिको विकास हुने देखिन्छ ।

यसले जिल्लाको पहिचान मात्र नभइ भावी सन्ततिलाई समेत पूर्खाको सम्झना दिलाउने बताइएको छ । सालिक निर्माण गर्नेका परिवारका सदस्यलाईसमेत राम्रो काम गर्न र गराउन उत्प्रेरण जगाउने देखिन्छ । तर नगरपालिकाले निर्माण गरिएका सालिकको स्याहार भने गरेको पाइँदैन । सुरक्षाका लागिसमेत ध्यान दिएको पाइँदैन । पहिले केही सालिकको तोडफोडसमेत भएको थियो । निर्माण भएका शालिकको जगेर्ना गर्नु सबैको दायित्व हो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com