भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द


प्रकाशित मिति : पुस २६, २०७८ सोमबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । “हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको सङक्रमणकोसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ”, जारीे विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले बिदाको उक्त अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकालाई पठाउन पनि अभिभावकमा अनुरोध गरेको छ ।

बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका–२०७७ ले गरेको व्यवस्थाबमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि आग्रह गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना हुनेगरी जेट आकारमा बसाईं व्यवस्था गरी सञ्चालन गर्नसमेत सुझाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com