पेपल लगायतका एप्लीकेशन चलाउने व्यवसाय वा व्यक्तिलाई अबदेखि ट्याक्सको नयाँ नियम


प्रकाशित मिति : पुस २१, २०७८ बुधबार

ट्याक्स सम्बन्धि नयाँ नियमले अमेरिकामा लाखौं व्यवसायहरुलाई सन् २०२२ मा प्रभाव पार्ने भएको छ । साना व्यवसायहरु वा करदाताले पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमार्फत भएको आम्दानी पनि अब अनिवार्यरुपमा आईआरएसमा रिपोर्ट गर्नुपर्ने भएको छ ।

विगतमा पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमा भएको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने भएतापनि गर्ने वा नगर्ने कुरा करदातामा नै भर पर्दै आएको थियो । तर जनवरीदेखि लागु नियम अनुशार अब विद्युतीय पेमेन्ट नेटवर्क मार्फत भएका कुल ६ सय डलरभन्दा माथिको आम्दानीबारे अनिवार्य आईआएसमा रिपोर्ट गर्नुपर्नेछ ।

बर्षमा ६ सय वा त्योभन्दा बढी कारोबार भएको खण्डमा पेपलले प्रयोगकर्ताको व्यवसायिक कारोबार आईआरएसलाई जानकारी दिनेछ । कुनै बस्तु वा सेवामार्फत लेनदेन गरिएको रकमलाई व्यवसायिक कारोवारका रुपमा परिभाषित गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अगाडि पेपल प्रयोगकर्ताको व्यवासयिक कारोबार बर्षमा २ सयपटक भन्दा बढी भएमा र २० हजार डलरभन्दा धेरै भएमा पेपलले फर्म १०९९ के आईआरएसलाई पठाउनुपर्ने प्रावधान रहेको थियो । अमेरिकन रेस्क्यु प्लानमा भएको प्रावधान अनुशार जनवरीबाट नयाँ नियम लागु गरिएको हो ।

कर तिर्नुपर्ने आम्दानी आईआरएसमा रिपोर्ट हुनबाट छुट्न नदिन यो प्रावधान ल्याइएको हो । यसअगाडि पनि पेपल लगाएका एप्लीकेशनले कारोबारबारे आईआरएसलाई जानकारी नगराएपनि करदाताले सबै आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने प्रावधान रहेको थियो ।

नयाँ प्रावधानले कसैले पेपल वा भेन्मोमा पठाएको उपहार लगायतका रकमलाई भने करको दायरामा राख्दैन । उदाहरणका लागि कुनै रेष्टुरेण्टमा डिनर गर्दा तपाईले बिल तिर्नुभयो र त्यसको आधा रकम साथीले तपाईलाई पेपल वा भेन्मोमा पठाएको खण्डमा पनि त्यसको कर तिर्नुपर्दैन । तर कुनै कम्पनीबाट सेवा र सामाग्रीवापत रकम आएको छ भने त्यसको कर तिर्नुपर्नेछ ।

पेपलले आफ्ना प्रयोगकर्ता समक्ष उनीहरुको सोसल सेक्युरिटी नम्बर, व्यक्तिगत ट्याक्स आईडी नम्बर वा कम्पनी भएको खण्डमा कम्पनीको एनआईएन नम्बर मागिरहेको छ । उक्त विवरण पहिले नै नबुझाएका प्रयोगकर्ताले यो विवरण पेपल लगायतका पेमेन्ट एप्लीकेशनलाई बुझाउनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com