‘कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ’


प्रकाशित मिति : पुस १९, २०७८ सोमबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।

आज मन्त्रालयमा भएको नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कोर्गो ओसारपोसार सम्झौता कार्यक्रममा उहाँले विद्युत् प्राधिकरणको कार्गो र यात्रु ओसारपसारबाट निकै राहत हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निगम डुब्ने अवस्थामा छ, अब विद्युत् प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो बोक्न पाए ऋण तिर्नमा निकै सहज हुने छ ।” नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कार्गो ओसारपोसार गर्ने सम्झौता भएको छ ।

मन्त्रालयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल वायुसेवा निगमले विद्युत् प्राधिकरणका कर्मचारीलाई अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशतसम्म छुट दिने भएको छ । यसैगरी विद्युतीय प्राधिकरणका उपकरण तथा कार्गो ढुवानीमा तौलका आधारमा कम्तीमा पनि पाँचदेखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

प्राधिकरणका कर्मचारी तथा परिवारका सदस्यले टिकटमा छुट पाउन निगमको मुख्यालयबाटै मात्रै टिकट खरिद गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा मन्त्रालयमा सचिव महेश्वर न्यौपानेले वायुसेवा निगम र विद्युत् प्राधिकरणबीचको कोर्गो ओसारपोसार सम्झौताले वायुसेवा निगमलाई निकै राहत पुग्ने अपेक्षा लिइएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com