काठमाडौँको नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, ९ जना आरोपी पक्राउ


प्रकाशित मिति : पुस १४, २०७८ बुधबार

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाबारे मङ्गलबार अपराह्न ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालार्ई पक्राउ गरेको थियो । उनीसँगको बयान र थप अनुसन्धानका क्रममा त्यसको तीन घण्टापछि गएराति ११ बजेसम्ममा सात जना नियन्त्रणमा लिएको मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार थप खोजतलासका क्रममा आज बिहान ९ बजेतिर एक जना र अपराह्न ४ बजे थप एक गरी अहिलेसम्म नौ जना आरोपी पक्राउ परेका छन् । उनीहरुले एक गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको पीडितको आरोप छ । उनको स्वास्थ्य परीक्षणसमेत गरिएको र घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । सबैले घटना स्वीकार गरको पनि प्रहरीले जानकारी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com