नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी, साढे तीन करोडको क्षति
प्रकाशित मिति : पुस ५, २०७८ सोमबार
काठमाडौँको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैठौँ तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टर’मा आज आगलागी भएको छ । आगलागीबाट रु तीन करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीअनुसार इन्भर्टरबाट विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आएको र आगो नियन्त्रणमा आइसकेको छ ।







