अमेरिका लगायतका ६७ देशबाट नेपाल जाने ७ दिन होटल क्वारेन्टीनमा बस्नुपर्ने नियम स्थगित


प्रकाशित मिति : पुस ३, २०७८ शनिबार

नेपालको विभागले अमेरिका र बेलायत लगायतका ६७ मुलुकबाट आउनेलाई अनिवार्य आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टीनको नियम ल्याएकोमा एकदिन नहुँदै उक्त नियम स्थगनको घोषणा गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुशार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी अध्यागमन विभागलाई जानकारी गराएपछि सात दिने होटल क्वारेन्टीनको नियम ल्याइएको थियो ।

अफ्रिकी मुलुकहरुमा देखा परेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन युरोप र एसियाका मुलुकहरुमा क्रमिक रुपमा फैलिदै गएको सन्दर्भ उल्लेख गर्दै सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम घोषणा गरिएकोमा अब अर्को सूचना प्रकाशित नभएसम्म सो नियम कार्यान्वयन स्थगित गरिएको छ । अर्थात् ती देशबाट नेपाल जानेहरु ७ दिन अनिवार्य होटल क्वारेन्टीनमा बस्नु नपर्ने भएको छ ।

शुक्रबार साँझ सात दिन अनिवार्य होटल क्वारेन्टीनमा बस्नुपर्ने र सात दिन पछि कोरोना परीक्षण गर्दा नेगेटिभ आए अर्को सात दिन घरमै क्वारेन्टिनमा बस्नुपर्ने र पोजेटिभ आएमा तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने कडा नियम घोषणा गरिएको थियो । तर शनिबार विहानै नयाँ सुचना प्रकाशित गरेर उक्त नियम लागु नहुने र सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित नियमहरु नै कायम रहने विभागले जनाएको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयले भने ओमिक्रोन भेरिअन्टको सङ्क्रमण रोकथामका लागि विदेशबाट आउने सबै यात्रुलाई अनिवार्य होटल क्वारन्टीनको व्यवस्था गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यागमन विभागले ६७ देशबाट आउने यात्रुले अनिवार्य होटल क्वारन्टीन बस्नुपर्ने सूचना निकालेर २४ घण्टा नबित्दै त्यसलाई स्थगित गरेका बेला स्वास्थ्य मन्त्रालयले सबै देशबाट आउनेलाई होटल क्वारेन्टीन अनिवार्य गर्न सिफारिस गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले केही पहिले पठाएको सूचीलाई आधार मानेर विभागले उक्त सूचना निकालेको तथा अहिले स्वास्थ्य मन्त्रालयले सम्पूर्ण देशबाट आउने मान्छेलाई सात दिन क्वारन्टीनको प्रस्ताव गरेको जनाइएको छ । ती देशहरूको सूचीबारे थप विश्लेषण गर्नुपर्नेू निर्देशन आएपछि उक्त नियम हाललाई स्थगित गरिएको अध्यमगन विभागले जनाएको छ ।

सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित अहिले कार्यान्वयनमा रहेका नियमहरु

डिसेम्बर २ को मध्यरातदेखि लागु दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने नियम भने कायम नै रहेको छ । जस अनुशार दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक कायम छ ।

सेप्टेम्बर २४ मा प्रकाशित सुचना अनुशार विश्वका विभिन्न १२ देशबाहेक विश्वका सबै देशका कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुलाई नेपालमा अन अराइभल भिसा दिन सुरु गरिएको थियो । कोरोना महामारीका कारण नेपालमा अन अराइभल भिसामा रोक लगाइदै आएकोमा सेप्टेम्बरको अन्तिम साताबाट खुलाइएको हो । नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्लोस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकबाहेक अरुलाई अन अराइभल भिसा दिन थालिएको हो ।

विदेशबाट नेपाल आउने र नेपालबाट विदेश जाने यात्रुहरूका मापदण्डहरुका सम्बन्धमा विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ पारित गरेको थियो । जस अनुशार कोभिडबिरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकहरुले अन अनराइभल भिसा पाउने नियम ल्याइएको हो ।

अनअराइभल भिसा लिन चाहने विदेशी नागरिकले नेपालको अध्यागमन प्रवेशबिन्दुमा भिसाका लागि आवेदन गर्दा भिसाका लागि आवश्यक अन्य कागजपत्रका अतिरिक्त थप कागजात समेत पेश गर्नुपर्छ । उनीहरुले कोभिड खोपको पूर्ण मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, विमान चढ्न चेकइन हुँदाको अवधिले ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट, पर्वतारोहण र पदयात्रामा आउनेहरुले सो सम्बन्धी अनुमतिको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण पेश गर्नुपर्छ । पर्वतारोहण र पदयात्रामा नआएका अन्य पर्यटकका लागि अनुमतिको प्रतिलिपि आवश्यक पर्दैन । त्यस्तै सीसीएमसीमा अनलाइन लगइन गरेर नेपाल आगमन फारम पनि भरेर त्यसको प्रिन्ट प्रति पनि बुझाउनुपर्छ ।

कोभिडविरुद्धको खोप नलगाएका वा मात्रा पूरा नगरेकाहरुले सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगमार्फत भिसा लिएर र एजेन्सीमार्फत मात्र नेपाल भ्रमणको अनुमति दिइन्छ । उनीहरुले पनि विमान चढ्न चेकइन हुँदाको अवधिले ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट, नेपालमा होटल बुक गरेको प्रमाण र सीसीएमसी फारम भरेर पेश गर्नुपर्छ । यसरी प्रवेश गर्नेहरु १० दिन आफ्नै खर्चमा होटल क्वारेन्टीनमा बसेपछि ११ औं दिनमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछिमात्र उद्देश्य बमोजिमको काममा संलग्न हुन पाउँछन् ।

एनआरएन वा उनीहरुका परिवार, नेपालीसँग विवाह गरेका विदेशी नागरिकलाई पनि खोप लगाएको प्रमाण, कोरोना नेगेटिभ प्रमाण र सीसीएमसी फारम भरेर बुझाएपछि अन अराइभल भिसा दिइन्छ । स्थल नाकाबाट आउने भारतीयहरुले कोरोनाको नेगेटिभ रिपोर्ट र सीसीएमसी फारम भरेर बुझाएपछि नेपाल प्रवेश पाउने अध्यागमन विभागले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com